भक्तपुर बचतको अध्ययन भ्रमण सिन्धुमा
फाल्गुन ६, २०८२, बुधबार | राति ०९:१७ बजे | 210
सिन्धु्ली । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चारदिने सहकारी अध्ययन भ्रमण बुधबारदेखि सुरु भएको छ ।
भ्रमणको पहिलो दिन सिन्धुली कमलामाई न.पा. वडा नं. ६ धुराबजारस्थित सिन्धु बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा अध्ययन भ्रमण भयो । उक्त कार्यक्रममा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष निर्मल प्रजापतिले संस्थाको बारेमा जानकारी दिँदै वर्तमान अवस्थामा सहकारीमा आएको चुनौतीका बारेमा स्पष्ट पार्नुभयो । उहाँले भक्तपुर बचतले संस्था, सदस्य र समाजसँग सन्तुलित रुपमा समन्वय गरी कार्य गरेकोबारे स्पष्ट पार्नुभयो । संस्थाले आर्थिकलाई मात्र हेर्नु गलत भएको भन्दै समाजसँग संस्थाले सुमधुर सम्बन्ध राख्नुपर्ने बताउनुभयो ।
सिन्धु बचतका अध्यक्ष जंगबहादुर राईले सिन्धु बचतमा हाल ४२ करोडको वासलात भएपनि यहाँको बजारअनुसार राम्रै रुपमा सदस्यहरुलाई सेवा दिइरहेको बताउनुभयो । संस्थाका सचिव जनार्दन ढकालले संस्थाको आर्थिक स्थितिबारे स्पष्ट पार्दै भक्तपुर बचतसँग सुमधुर सम्बन्ध हुनगएको बताउनुभयो । संस्थाका प्रबन्धक सुरेश कुमार ज्युठकुरीले सिन्धु साकोसका प्रगतिबारे स्पष्ट पार्नुभयो ।
कार्यक्रममा भक्तपुर बचत र सिन्धु बचतका अध्यक्षबाट मायाको चिनो साटासाट भएको थियो ।
भ्रमण टोलीमा समिति, उपसमितिका पदाधिकारी र कर्मचारीसहित ३० जनाको सहभागिता रहेको छ ।
