भक्तपुरमै पहिलो विद्यालयस्तरीय रोबोटिक्स प्रतियोगिता सम्पन्न


फाल्गुन ३, २०८२, आइतबार | विहान ११:२७ बजे | 210


भक्तपुरमै पहिलो विद्यालयस्तरीय रोबोटिक्स प्रतियोगिता सम्पन्न

भक्तपुरमा पहिलो पटक विद्यालयस्तरीय रोबोटिक्स प्रतियोगिता सम्पन्न भएको छ। NextStep InfoTech Training Center को आयोजनामा च्यामासिंह, भक्तपुरमा आयोजित उक्त प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

प्रतियोगितामा सात विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए। सहभागी विद्यालयहरूमा Janapremi World School, Motherland, Adarsha Jyoti E.S.S, Bagiswori Secondary School, Genuine Secondary School, Paragon Academy तथा Vinayak Sikshya Niketan रहेका थिए।

Janapremi World Schoolबाट सुषान्त गिरी, युवराज ठाकुरी र संयोज चिमोरिया सहभागी थिए भने Motherlandबाट रिथम बस्नेत, दिजन थापा, अप्रेश आले मगर, प्रिन्स ठाकुर र पूर्णिमा खत्रीले प्रतिस्पर्धा गरे।
त्यसैगरी Adarsha Jyoti E.S.Sबाट पासाङ लामा, तुलजा प्रजापति, अनोरा खत्री, कुशल तामाङ र सम्राट देसमारु सहभागी भए।
Bagiswori Secondary Schoolबाट शाइन खवास, रामोन शिल्पकार, सनम थापामगर, हृदयमान प्रधान र नैतिक तिवारीले प्रतिस्पर्धा गरे।
Genuine Secondary Schoolबाट उपेश तिमिल्सिना, अनुसुमन के.सी., पुकार राजभण्डारी, रितिका काफ्ले र सुरी श्रेष्ठ सहभागी थिए।
Paragon Academyबाट प्रशान्त तामाङ, उन्नति तामाङ, सानिल फोजु, रितिशा गहतराज र भविष्य थापाले भाग लिए भने Vinayak Sikshya Niketanबाट सम्राट करणजित, सुजल जयाना, सुजित श्रेष्ठ र इशान भासिमा प्रतिस्पर्धामा उत्रिएका थिए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै Adarsha Jyoti E.S.S प्रथम भएको छ। विजेता टोलीले नगद रु. ५,००० सहित ट्रफी, मेडल र सहभागिता प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ।
दोस्रो स्थान Bagiswori Secondary Schoolले हासिल गर्दै नगद रु. ३,०००, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।
तेस्रो स्थान Motherlandले हात पार्दै नगद रु. २,०००, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।

अन्य सहभागी विद्यालयका विद्यार्थीहरूलाई पनि सहभागिता प्रमाणपत्र प्रदान गरिएको थियो।

आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूमा विज्ञान, प्रविधि र नवप्रवर्तनप्रति रुचि अभिवृद्धि गर्नुका साथै व्यावहारिक सीप विकास गराउनु रहेको छ। पहिलो पटक आयोजित यस किसिमको प्रतियोगिताले भक्तपुरका विद्यालयस्तरमा प्रविधिमैत्री वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरमै पहिलो विद्यालयस्तरीय रोबोटिक्स प्रतियोगिता सम्पन्न
भक्तपुरमै पहिलो विद्यालयस्तरीय रोबोटिक्स प्रतियोगिता सम्पन्न

Comments