उदय साकोस को ३० आैं स्थापना दिवसको अवसरमा तालिम
फाल्गुन २, २०८२, शनिबार | दिउँसो ०२:१५ बजे | 70
भक्तपुर, फागुन २। लिवालिवी स्थित उदय बचत तथा ऋण सहकारी संस्थाको ३० आैं स्थापना दिवसको अवसरमा शुक्रबार वासिन मेसिनको सोडा बनाउने तालिम सम्पन्न गरियो । कार्यक्रममा संस्थाका कार्यबाहक अध्यक्ष तथा उपाध्यक्ष न्हुछे बहादुर प्रजापतिले समुदायमा आधारित सहकारी संस्था हुँदा समुदायको हितका लागि समुदाय लक्षित तालिमको रूपमा वासिन मेसिनको सोडा बनाउने तालिम संचालन बताउनुभयो । तालिमका प्रशिक्षक रमिता चाैगुठीले तालिममा सिकेको सीप प्रयोग गर्दा बजारमा पाइने महंगो वासिन मेसिनको सोडाबाट छुटकारा पाई घरेलु तथा सस्तो रूपमा प्रयोग गर्न सकिने बताउनुभयो । संस्थाको महिला उपसमितिका संयोजक दयालक्ष्मी प्रजापतिको सभापतित्वमा सम्पन्न भएको उक्त तालिममा २९ जना प्रशिक्षार्थीहरुको सहभागिता रह्यो । संस्थाको व्यवस्थापक पूण्यराम गोसाईले फागुन ९ गते पाठेघर तथा स्तन सम्बन्धी स्वास्थ्य परिक्षण संस्थाको प्रांगणमा तथा १७ गते स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम च्याम्हासिह चोकमा हुने जानकारी दिनुभयो ।
फाेटाेमा हेर्नुहाेस्...
