भक्तपुरका औषधि पसललहरुमा भेटियो म्याद नाघेका औषधिहरु


माघ २९, २०८२, बिहीबार | साँझ ०६:१६ बजे | 180


भक्तपुरका औषधि पसललहरुमा भेटियो म्याद नाघेका औषधिहरु

भक्तपुर, २९ माघ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कमलबिनायकमा रहेको ६ वटा औषाधि पसलहरुमा बिहिबार अनुगमन गरियो । अनुगमनमा म्याद नाघेको औषाधिहरु भेटिएको संयोजक गोराले बताउनु भयो  । 
हेलो जनस्वास्थ्य फर्मा प्यान र औषाधि विभागमा दर्ता भएको र नगरपालिकामा दर्ता भएको नाम फरक फरक भएकोले एउटामा मै दर्ता र नविकरण गर्न, फ्रिजमा औषाधिहरु कम्पार्मेन्ट अनुसार व्यवस्थित तरिकाले राख्न, लागु औषाधिको रुपमा प्रयोग गर्ने नारकोटिक औषाधिहरु प्रिस्किप्सनको फोटोकपि लिएर मात्र विक्रिवितरण गर्न, म्याद नाघेको औषाधि केसिट्रल १ भेटिएको जफत गरी नष्ट गरियो । 
कमलबिनायक फर्मा तीन दिन भित्र नविकरण गर्न, फ्रिजमा फ्रिजिङ नया“ सिस्टम अनुसार तापक्रम मिलाई औषाधि व्यवस्थित रुपमा राख्न र म्यान नाघेको औषाधिहरु तीन महिना अगाडिदेखि नै व्यवस्थापन गर्न निर्देशन दियो । 
यातु औषाधि पसल तीन दिन भित्र नविकरण गर्न, औषाधि पसलको कागजातहरु पसल मै राख्न, म्याद नाघेको औषाधिहरु इन्सुलिन डिग्लुडेक र हेरिगार्ड जफत गरी नष्ट गरियो । 
विनायक फर्मामा म्याद नाघेको औषाधिहरु फर्मि·, जुफेक्स, ओभिरोन, जेलर, गावापेन्टिन, टोर्सेनाइड, नाप्रोबेस्ट, कोल्सिडोल, ड्रोस्पान, इटोमाक्स, ओरिन्जोल, अपिहिस्त, कोम्प्लिविट गार्ड, रेसिल्ड र फोस्कल जफत गरी नष्ट गरियो भने तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दियो ।
खोपे फार्मेसी क्लिनिक प्रा.लि.मा म्याद नाघेको औषाधिहरु ओमेप्राज, फ्लोरलिना, पामाकेयर, निम फेसवास, ओसिआ, सान्टुर, पिएमएस जफत गरी नष्ट गरियो भने २०७९÷०८० पछि नविकरण नगरेकोले तीन दिन भित्र नविकरण गर्न निर्देशन दियो । 
कमलबिनायक पोलि क्लिनिक प्रा.लि.२०७९÷०८० पछि नविकरण नगरेकोले तीन दिन भित्र नविकरण गर्न र फ्रिजमा फ्रिजि· सिस्टम नया“ सिस्टम अनुसार व्यवस्थित गर्न निर्देशन दियो ।
अनुगमनमा अनुगमन समितिका सदस्य वडाध्यक्ष श्यामकृष्ण खत्री, रोशन मैया सुवाल, रिता फसिकवा, भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, वडानिरिक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहन देबी व्याञ्जू, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका लक्ष्मी प्रसाद कासुला र ख्वप अस्पतालका सृजना बासुकलाको सहभागी थियो ।

Comments