WTT स्टार कन्टेन्डर चेन्नई २०२६ मा सहभागि हुने खेलाडी राजिव चिकन्बजारको बिदाई


माघ २६, २०८२, सोमबार | विहान १०:३० बजे | 325


WTT स्टार कन्टेन्डर चेन्नई २०२६ मा सहभागि हुने खेलाडी राजिव चिकन्बजारको बिदाई

नेपालका बरियता क्रम नम्बर तेश्रो तथा बिश्व बरियात नम्बर( 475),(जुन हाल नेपालको तर्फबाट सबैभन्दा उच्च बरियात क्रम,)काराजिव चिकबन्जार भारतको चेन्नईमा फ्रेवरि १०-१५ गते  WORLD TEBLE TENNIS STAR CONTENDER 2026 मा सहभागीहुन जान लागेकोमा भक्तपुर जिलला टेबुल टेनिस सघको तर्फबाट शुभकामना तथा बिदाई का्यक्रम गरियो।

नेपालका अग्रणी टेबल टेनिस खेलाडी राजीव चिकन्बन्जार ले भारतको गुजरात राज्यस्थित वडोदरा शहरमा सन् २०२६ जनवरी ८ देखि११ सम्म आयोजना भएको WTT फिडर वडोदरा २०२६ प्रतियोगितामा सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले पुरुष ओपनविधामा टप ३२ मेन ड्र सम्म स्थान सुरक्षित गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेका छन्।

यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका कारण राजीव चिकनबन्जारले विश्व वरियतामा ४७५ औँ स्थान हासिल गरेका छन्। साथैप्रतियोगिताबाट उनले २५० अमेरिकी डलर पुरस्कार राशि समेत प्राप्त गरेका छन्।

उक्त प्रतियोगितामा भारत, नेपाल, श्रीलंका, भूटान, अमेरिका, क्यानडा, माल्दिभ्स, कोरिया, इरान, साउदी अरेबिया, जापान लगायत १०भन्दा बढी राष्ट्रका खेलाडीहरूको सहभागिता रहेको थियो।

राजीव चिकनबन्जारको यो उपलब्धि नेपालको वर्तमान टेबल टेनिस परिदृश्यमा कुनै पनि खेलाडीले हासिल गरेको उच्चतम विश्ववरियतामध्ये एक मानिएको छ।

अब उनी आगामी WTT स्टार कन्टेन्डर चेन्नई २०२६ मा सहभागिता जनाउन भारतको चेन्नई प्रस्थान गर्ने तयारीमा रहेका छन्। यसप्रतियोगितामा यसपटक विश्वका २५ भन्दा बढी राष्ट्रका शीर्ष खेलाडीहरूको सहभागिता रहने जनाइएको छ।

प्रतियोगितामा सहभागिता जनाउने चर्चित खेलाडीहरूमध्ये पुरुषतर्फ जर्मनीका डिमा ओभ्टचारोभ (WR २६), कोरियाका ओह जुनसङ(WR २२), स्वीडेनका क्रिस्टियन कार्लसन (WR ३८) लगायतका खेलाडीहरू रहेका छन्।

महिलातर्फ जापानकी सात्सुकी ओडो (WR १४), कोरियाकी जु चियोन हुई (WR १६), रोमानियाकी बर्नाडेट स्जोक्स (WR २५), कोरियाकी किम नायेओङ (WR २६), चिनियाँ ताइपेकी चेङ आइ-चिङ (WR २१) लगायतका विश्वस्तरीय खेलाडीहरू सहभागीहुनेछन्।

राजीव चिकनबन्जारले नेपालका अन्य केही खेलाडीहरूसँगै यी विश्वस्तरीय खेलाडीहरूसँग एउटै मञ्च साझा गर्दै नेपालको प्रतिनिधित्वगर्नेछन्। उनी यस प्रतियोगितामा पनि अझ उच्च विश्व वरियता हासिल गर्ने लक्ष्यका साथ तयारीमा जुटिरहेका छन्।

विशेष रूपमा उल्लेखनीय कुरा के छ भने राजीव चिकनबन्जारले यस्ता ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउनआवश्यक मुख्य खर्च आफैं व्यहोर्दै आएका छन्। यद्यपि केही कर्पोरेट संस्था, टेबल टेनिस प्रेमीहरू तथा उनका शुभेच्छुकहरूले आर्थिकरूपमा आंशिक सहयोग गर्दै आएका छन्।

राजीव हाल नेपालका राष्ट्रिय नम्बर ३ खेलाडी हुन्। उनी नेपालमा एपीएफ क्लबबाट व्यावसायिक रूपमा खेल्दै आएका छन्।

भक्तपुरमा जन्मिएका राजीव चिकनबन्जारले बेखाल टेबल टेनिस हलबाट टेबल टेनिस खेल जीवनको सुरुवात गरेका हुन्। भक्तपुरलेयस्ता प्रतिभाशाली खेलाडीहरूको संरक्षण तथा विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ, किनभने यस्ता खेलाडीहरूदशकौंमा एकपटक मात्र जन्मिने दुर्लभ प्रतिभा हुन्। आफ्नै खर्चमा विश्वस्तरीय प्रतियोगितामा नेपालका लागि प्रतिस्पर्धा गर्दै अन्तर्राष्ट्रियमञ्चमा राष्ट्रिय झण्डा बोकेर उभिनु नेपालका लागि गर्वको विषय हो।

यसपटक भक्तपुरका टेबल टेनिसप्रेमी तथा समर्थकहरूको नयाँ पहलका रूपमा राजीवसँगै दुई जना व्यक्ति पनि आफ्नै खर्चमा चेन्नईजाने भएका छन्।

भक्तपुरस्थित Everest Canvas का अजय अवाल राजीवका व्यक्तिगत प्रशिक्षक (Personal Coach) का रूपमा रहनेछन् भनेGym Junkies का सञ्चालक किरण ब्याञ्जु राजीवका व्यक्तिगत फिटनेस प्रशिक्षक (Personal Fitness Instructor) कारूपमा प्रतियोगिता अवधिभर साथ रहनेछन्।

यस प्रकारको समर्पित सहयोग र सहकार्यबाट भक्तपुरको टेबल टेनिस वातावरण फरक ढंगले अघि बढिरहेको स्पष्ट देखिन्छ। एक समयभक्तपुरका गल्ली–गल्लीमा रातिसम्म टेबल टेनिस खेलिने र खेलप्रति उत्साह देखिने संस्कृतिलाई पुनः जीवन्त बनाउन यस्ता प्रयासहरूलेठूलो भूमिका खेल्ने विश्वास गरिएको छ।

यसबाट भक्तपुरको टेबल टेनिस क्षेत्र सुरक्षित हातमा रहेको संकेत मिल्दछ। खेलाडीहरू तथा खेलप्रेमीहरूले टेबल टेनिसलाई अझसशक्त, आकर्षक र प्रभावकारी बनाउँदै समुदायमा सकारात्मक ऊर्जा र स्वास्थ्यपूर्ण जीवनशैली प्रवर्द्धन गर्न योगदान दिइरहेका छन्।त्यसैले यस्ता प्रयासहरूको सम्मान र समर्थन गर्नु सबैको दायित्व हो।

फाेटाेमा हेर्नुहाेस्...

WTT स्टार कन्टेन्डर चेन्नई २०२६ मा सहभागि हुने खेलाडी राजिव चिकन्बजारको बिदाई

Comments