इटहरीमा नेपाल टेलिकमको २२ औ बार्षिकोत्सव सम्पन्न


माघ २२, २०८२, बिहीबार | राति ०९:५९ बजे | 640


इटहरीमा नेपाल टेलिकमको २२ औ बार्षिकोत्सव सम्पन्न

दूर सञ्चार कार्यालय इटहरीले आज प्रभातफेरी सहित बिभिन्न खेलकुदहरूको आयोजना सहित भब्य रूपमा २२ औ बार्षिकोत्सव सम्पन्न गरेको छ। नेपाल टेलिकमको निबृत्त कर्मचारीहरू सहितको उपस्थितिमा दू.सं.का. इटहरीका कार्यालय प्रमुख उप प्रबन्धक श्री गौरब गौचनज्युले सम्पूर्ण कर्मचारीहरूको सहयोगले नै नेपाल टेलिकम ले ग्राहकहरुको विश्वास जित्न सफल भएको तथा नेपालकै पहिलो पटक २ Gbps स्पीड को FTTH इन्टरनेट यसै दूर सञ्चार कार्यालय इटहरी अन्तर्गतका कार्यालय, विराटचोक मार्फत श्री सुकुना बहुमुखी क्याम्पसमा वितरण गर्ने अवसर दिनुभएकोमा कार्यक्रमका प्रमुख अतिथि एवं क्याम्पस प्रमुख श्री अर्जुन अधिकारिज्युलाई धेरै धेरै बधाई तथा धन्यवाद दिंदै श्री सुकुना बहुमुखी क्याम्पसलाइ सम्मान पत्र र मायाको चिनो समेत वितरण गर्नु भयो। कार्यक्रममा सरकारी संथाले पनि निजि क्षेत्र भन्दा राम्रो सेवा दिनु भएकोमा नेपाल टेलिकमलाई बधाई दिंदै प्रमुख अतिथि एवं श्री अर्जुन अधिकारिज्युले नेपाल टेलिकमले ग्राहकको विश्वास जित्न सफल भएको समेत बताउनु भयो र सम्मान ग्रहणको अवसर प्राप्त भएकोमा खुशी ब्यक्त गर्दै सम्पूर्ण कर्मचारीहरूप्रति धन्यवाद तथा आभार प्रकट गर्नु भयो । साथै प्रमुख अतिथि अधिकारि तथा कार्यालय प्रमुखले संयुक्त रुपमा बिभिन्न खेलकुदहरूको बिजेताहरूलाइ प्रमाण पत्र तथा तथा ट्रफी समेत वितरण गर्नुभयो। उक्त बार्षिकोत्सव कार्यक्रमका संयोजक एवं लेखा प्रमुख वरिष्ठ लेखा अधिकृत श्री दिनेश सुवालले स्वागत मन्तब्य दिंदै ११२ वर्षको लामो इतिहास बोकेको नेपाल टेलिकमले २०६१ सालमा नेपाल दूरसंचार कम्पनीमा परिणत भए पश्चात विभिन्न आरोहअवरोह पार गर्दै २२ औ बार्षिकोत्सव सम्पन्न गर्दै नेपालकै नम्बर १ दूर सञ्चार सेवाप्रदायक हुन सफल भएको र यसका लागि सम्पूर्ण कर्मचारीहरू, आम उपभोक्ताहरू, डिलरहरू लगायत सम्पूर्ण सरोकारवालहरूको उतिक्कै भूमिका रहेको बताउनु भयो। प्रशासन प्रमुख श्री भोजराज कोइराला ज्युले सञ्चालन गर्नु भएको सो कार्यक्रममा अतिथिका रूपमा निबर्तमान कर्मचारी श्री कुल बहादुर बोहरा ज्युले सूचना प्रविधिमा नेपाल टेलिकमले फड्को मार्न सफल रहेको तथा भविस्यमा अझ सफल हुँदै जान सकोस भनि शुभकामना मन्तब्य ब्यक्त गर्नु भयो।

फाेटाेमा हेर्नुहाेस्...

इटहरीमा नेपाल टेलिकमको २२ औ बार्षिकोत्सव सम्पन्न
इटहरीमा नेपाल टेलिकमको २२ औ बार्षिकोत्सव सम्पन्न

Comments