आज सबैको परीक्षा


माघ २२, २०८२, बिहीबार | दिउँसो ०१:११ बजे | 100


आज सबैको परीक्षा

कुमार लघु,ख्वप

नानीबाबुहरू हाम्रा भगवान हुन् । नमनी बाबुलाई सर्व प्रठम प्रणाम । आज भाईबहिनीहरूको परीक्षा हो । आमा बुबाहरूले पनि नानी बाबुहरूलाई सहयोग र मद्त गर्ने महत्वपूर्ण दिन हो । बच्चाहरू असल बनाउनलाई माता पिताहरूले नि असल व्यवहार मान मर्यादा नानी बाबुहरूलाई देखाउनु पर्छ ।

विहान नानी बाबुहरू उठेदेखी नै दिनभरी र सुत्ने वेलासम्मलाई सध्दगुणले आ आफ्नो ठाउँमा भूमिका निभाउने अलस गुण निर्वाह गर्ने आमा वुवाको कर्तव्य हुन् आउँछ । स साना नानीहरूलाई सेवा सुरक्षा लालन पालन गर्ने हेरक आमा बुबाको पहिलो कर्तव्य थानु उचित होला । हामी आमा बुबा भएर नै छोराछोरीलाई शिक्षा दिक्षाको ढोका उघारिदिनु नै माहान हो । पढ्न लेख्न र परिक्षामा घरदेखि नै स्कूलसम्म दो-र्याई पु-र्याउनु नै दैनिकी कर्तव्य देखिन्छन्। आमा बुबाले स्कूलको नीति नियम अनुसार ठिक समयमा वन्दोवस्त गरि पढ्ने र शिक्षा लिने पाठशालामा पु-र्याउनु पर्दछ। नानी बाबुहरूलाई उत्साहित पारेर केनै कमी ल्याउन नदिई परिक्षामा पु-र्याउनु राम्रो लेखेर निडर भएर आमा बुबा गुरू र गुरूआमाले के कसरी सिकाएको हो प्रस्नको उत्तर दिएर आउनु होला भनी भनेर पठाउनु पर्दछ । परीक्षा सकेर स्कूलवाट फर्किने समयमा नानी बाबहरूलाई स्कूलमा वा वसवाट घरमा पु-र्याउन आउने समयमा लिन र वसवाट आेर्लनासाथ लिन हुने गरि वस्नु अति राम्रो हो । भाइ बहिनीहरूको मन कमलो हुन्छ । हरेक समस्याहरूसित जुड्न हाैसलाहरू दिन्दै गर्नु राम्रो हो । बच्चाहरूलाई कहिले थर्काउनु हुदैन् । ढाडस र उत्साहित पार्दै समस्यासित जुड्न जुक्तिहरू लगाई निडरपनको गोरेटोमा टाचि गर्न जो जुलुम गरि राख्नुपर्छ । लेख्न पढ्न हिड्न शत्रुसित लड्न भिड्न उत्पत्ति र विनाशका कुरा हुने भविष्यवाणीका कुरामा पनि सतर्क हुन ठुल ठुला नानी बाबुहरूलाई सतर्क गराई राख्नु आवश्यक छ ।नानी बाबुहरूलाई स्कूलको परीक्षा पढाईको वातावरण र परिस्थिति के कस्तो भैरहेको र अवस्थाको बारेमा अभिभावकले र स्कुल प्रशासन र विषय शिक्षकहरूसित सम्पर्क राखेर शिक्षाको र अनुशासनको कुराहरू शिक्षक ,अभिभावक र विध्यार्थीको साथमा रहेर मान मर्यादा र अभिभावकको दायित्व निर्वाह गरिराख्नु महत्वपूर्ण छ । परिक्षामा पैसा तिर्ने ख्वाउने मात्र गरेर हुन् आजकल घरमा वस्दा पनि पढि लेखी अभिभावकले सोचे अनुसार नानीबाबुहरू लाग्दै गरेको छ वा छैन् हरदम अभिभावकले पनि परीक्षा लिन्दै अर्ति उक्तिहरू र राम्रा असल गुणी व्यक्तित्वकोहरूको जिवनी पढ्न निर्देशनको आवश्यकता नानी बाबुहरूले चाहाना गरेको हुनेछ । भविष्यमा हुने खतरा र सत्मार्ग पहिल्याई दिने गर्दा र आफूले सिकिछ वा त्यस्तै तहमा वा निकायमा सम्पर्क गराई राख्नुपर्छ । के खान्छ? के खाने ? उसको रूचिको खाना आहार विहारहरूको वारेमा आमा वुवाहरूको निगरानी आवश्यकता छ । ठूलो भएपछिको समयमा साथ संगत गर्ने आना जाना र सोचाई आदि आदतको पनि हामीमा ख्याल रहनु नितान्त आवश्य देखिन्छन् । सबैको परीक्षा समयले लिईरहेको हुन्छ । सतर्क रहनु हुन् अनुरोध छ । लाै त आजलाई नानी बाबुहरूले सानातिन भूमिका निभाउनु पर्ने वारेमा लेखी जानकारी दिई विदा हुन्छ । अभिभावकहरूले एक पटक पढेर अनलाईनको आएको नभनिकन आफूले हेरेर पढेर नानी बाबुहरूलाई निगरानी राख्नु हुन् अनुरोध गर्दछु ।नमस्कार , २०८२/१०/२२ गते

Comments