नागदेशस्थित बुद्व विहारमा दीप प्रज्जवल कार्यक्रम
माघ २१, २०८२, बुधबार | राति ०७:०४ बजे | 270
आज फ्रेवअरी ४ अर्थात बिश्व क्यान्सर दिवस । क्यान्सर रोग सम्बन्धी ब्यापक जनचेतना जगाउदै बिश्वरभर नै बिभिन्न कार्यक्रमहरूको आयोजना गरि यो दिवस मनाईएको छ । यसैबिच रक्षा क्यान्सर केयर सोसाईटि र ईनर ह्विल क्लव अफ मध्यपुरले मध्यपुर थिमिको नागदेशस्थित बुद्व विहारमा आज माघ २० गते दीप प्रज्जवल कार्यक्रम गरेको छ । कार्यक्रम सम्बन्धी बोल्नु हुँदै क्यान्सर रोग बिशेषज्ञ डाक्टर रोशन प्रजापतिले बिश्वभर नै क्यान्सर रोगका बिरामीहरू बढिरहेको अवस्थामा क्यान्सर रोगबारे छब्यापक जनचेतना जगाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरेको बताउनु भयो । डा.प्रजापतिले आजको कार्यक्रम मुख्य गरि क्यान्सरबाट निको भएकाहरूको सम्मानमा, क्यान्सरका बिरामीहरूलाई हौसला प्रदान गर्ने र दिवंगतहरूको आत्माको चीरशान्तिको काम गर्ने लक्ष्य रहेको बताउनु भयो ।कार्यक्रममा दुबै संस्थाका पदाधिकारि तथा स्थानीयबासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
