चिनीको मूल्य सुलभ बनाउन माग
जेठ ३१, २०७७, शनिबार | विहान ०७:२५ बजे | 30
काठमाडौं । राष्टिय उपभोक्ता मञ्चले बजारमा चिनीको आपूर्तिको व्यवस्थापन सहज गर्दै मूल्य सुलभ बनाउन सरकारसँंग माग गरेको छ । महासंघले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरी यस्तो माग गरेको हो ।
विज्ञप्तिको पूर्ण रुप यस प्रकार छ ।
सिंगो मुलुक कारोना भाइरस (कोभिड १९) को संक्रमणबाट संत्रस्त आम नागरिकहरु बिगत चैत्र ११ गते देखि कष्टकर दैनिकी गुजार्दै सरकारको निर्देश पालना गर्दै लकडाउनमा बस्दै आएको छ । बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणको कारण बिश्वमा लाखौं मान्छेको ज्यान गई सकेको र नेपालमा समेत फैंलिंदो अवस्थाले गर्दा आम नागरिक अझै त्रसित बनेकोछ । यस्तो बेलामा आम नागरिकको लागी आवश्यक पर्ने दैनिक अत्यावश्यक वस्तुहरुको सहज आपूर्ति गर्ने जिम्मेवारी नेपाल सरकारकै भएकोमा दुइमत हुन सक्दैन र यस कार्यमा नेपाल सरकारले भरमग्दूर प्रयास पनि गर्दै आएकोमा पनि शंका गर्ने ठाउं नै छैन । यद्यपी बजारलाई प्रभावित पारेर अनुचित व्यापारिक कृयाकलाप गर्ने केही व्यवसायीहरुले दैनिक उपभोग्य वस्तुहरुको अभाव श्रृजना गरी मूल्यबृध्दि गर्ने र गलत तरिकाले फाइदा उठाउन खोजेको घटनाहरु हुंदै आएको व्यहोरा सम्माननीय प्रधानमन्त्रीज्यूमा निवेदन गर्दछौं ।
अहिले बजारमा दाल, चामल, नून तेल जस्तो अत्यावश्यक खाद्यवस्तुहरुको उचित व्यवस्थापनको कारण बजारमा खाद्यान्नको अभाव भएकोछैन । बिगतका बर्षहरु देखि नै समस्याको रुपमा रहेको चिनीको उत्पादन, आपूर्ति व्यवस्थापन तथा बितरण प्रणालीमा यस बर्ष पनि समस्या आउने सम्भावना प्रवल रुपमा देखिएकोछ । साल्ट ट््रेडिंग कर्पोरेशन लि.संग चिनीको मौज्दात सिमित रहन गएको र आन्तरिक उत्पादनको चिनी पनि अत्यन्त कम मात्रामा मौज्दात रहेको भन्ने बिश्वस्त शुत्रबाट जानकारी हुन आएकोले बजारमा चिनीको अभाव हुने कुराको पुष्टी हुन आउछ । अर्को तिर स्वदेशी उद्योगीहरुले बिदेशबाट आयात हुने चिनीमा अत्याधिक भन्सार महसुल लगाउन अनुचित दवाव दिनाले आयातित चिनीको मूल्य समेत बृध्दि हुन जाने सम्भावनाले थप चिन्ता लिनु पर्ने अवस्था आएको व्यहोरा सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष अनुरोध गर्दछौं ।
नेपालमा चिनीको बार्षिक आवश्यकता करिव २८० हजार मेट््िरक टन रहेकोछ भने स्वदेशी चिनी उद्योगहरुले यस बर्ष करिव १८० हजार मेट््िरक टन मात्र उत्पादन गर्न सकेको देखिन्छ । मांगको तुलनामा उत्पादन करिव १०० हजार मेट््िरक टन न्यून हुन जांदा बजारमा आपूर्ति व्यवस्थापन गर्न एक मात्र बिकल्पको रुपमा तेश्रो बजारबाट आयात गरी आपूर्ति व्यवस्थापन सहज गर्नु पर्ने देखिन्छ । अहिले तेश्रो बजारमा स्वदेशी चिनीको मूल्यको तुलनामा अत्यन्त सस्तो रहेकोछ । बिश्व बजारमा गुणस्तरीय चिनी प्रति किलो ५५ रुपैयां खुद्रा मूल्यमा पाउने अवस्था बिद्यमान रहेको र स्वदेशी उद्योगीहरुले समेत यस बर्ष करिव ४० हजार मेट््िरक टन चिनी आयात गरी आपूर्ति व्यवस्थापन गर्नु पर्ने कुरा आपूर्ति मन्त्रालयका जिम्मेवार पदाधिकारीहरुलाइ अवगत गराई सकेको अवस्थामा सस्तो दरमा गुणस्तरीय चिनी आयात गर्ने उपयुक्त समय अहिले नै भएको व्यहोरा सम्माननीय प्रधानमन्त्रीज्यूमा अवगत गराउन चाहन्छौं ।
हालको बजार स्थितिलाई मूल्यांकन गर्दा चालु आ.ब.को असार मसान्तसम्म र आगामी श्रावण महिना सम्मलाइ मात्र पुग्ने गरी चिनीको मौज्दात रहेको कुरा बुझिन आएको साल्ट ट््रेडिंग कर्पोरेशन लि. र निजी व्यवसायीहरुबाट प्राप्त जानकारी प्राप्त भएकोछ । जस अनुसार आगामी आर्थिक बर्षको शुरुवातबाट नै चिनीको अभाव हुन सक्ने देखिएकोछ । धार्मिक तथा सांस्कृतिक परम्पराका चाडबाड पनि यही सिजनमा नै पर्ने कारणबाट चिनीको मांग अझै बढ्ने निश्चित प्राय नै देखिन्छ । यी कारणहरुलाई ध्यानमा राख्दा तत्काल नै चिनीको आपूर्ति व्यवस्थापन गरी हाल्नु पर्नेछ ।
बिगतका बर्षहरुको अनुभवलाई आधार मान्दा साल्ट ट््रेडिंग कर्पोरेशन लि.संग चिनीको मौज्दात भएसम्म बजारमा कालोबजार कम हुने गरेको र कम्पनीसंग चिनीको मौज्दात सकिन लागे पछि बजारमा कालोबजारी हुने गरेकोछ, यस बर्ष पनि कम्पनीसंग चिनीको मौज्दात कम हुंदै गएको र निजी उद्योगहरुले एक महिना अगाडीसम्म ६० हजार मे.टन भन्दा बढि मौज्दात रहेको सार्वजनिक गरेकोमा अहिले आएर चिनीको स्टक करिव ३५ हजार मात्र रहेको जानकारीमा आएकोले बजारमा चिनीको कृत्रिम मूल्यबृध्दि वा कालोबजारी हुने प्रवल सम्भावना देखिन थालेकोछ । उद्योगीहरुले साविक मूल्य रु. ६४ (अधिकतम) मा बिक्रि बितरण गर्दै आएकोमा बजेट लगतै प्रति किलो रु.१ देखि १।५० सम्म चिनीको मूल्यबृध्दि गरी बिक्रि बितरण गरेको गुनासो चिनीका व्यवसायीहरुले गरेको र बजारमा स्वदेशी उद्योगबाट उत्पादित चिनीको खुद्रा मूल्य रु.९०।०० सम्म पर्ने गरेकोबाट थप आशंका पैदा गरेको व्यहोरा सम्माननीयज्यूमा अवगत गराउन चाहन्छौं ।
समाननीय प्रधानमन्त्रीज्यू,