विनायकमा वार्षिक खेलकुद मेला


माघ १५, २०८२, बिहीबार | साँझ ०६:४६ बजे | 210


विनायकमा वार्षिक खेलकुद मेला

शिक्षा जीवनका लागि र खेलकुद अनुशासनका लागि भन्ने मान्यता अनुरूप संस्कार र अनुशासन सहितको सर्वाङ्गिण विकासको शिक्षा प्रदान गर्दै आएको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले यही २०८२ माघ १३ गतेदेखि १५ गतेसम्म प्रतियोगितात्मक खेलकुद मेला कार्यक्रमको आयोजना गर्यो। कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू बीच आयोजित उक्त प्रतियोगितात्मक कार्यक्रम विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको सभापतित्व र नेपाली फुटबल टिमका पूर्व कप्तान तथा पूर्व एन्फा उपाध्यक्ष उपेन्द्र मानसिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। विद्यालयका प्लस टु संयोजक तुलसीहरी प्रजापतिको संयोजनमा आयोजित उक्त कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौला तथा राष्ट्रिय फुट्सल खेलाडी जेनिस प्रजापति अतिथिको रुपमा रहनुभएको थियो। सो कार्यक्रममा प्रमुख अतिथि उपेन्द्रमान सिंहले टेबल टेनिस, ब्याडमिन्टन ,टग अफ वार र फुट्सलमा उत्कृष्ट विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र तथा शिल्ड प्रदान गर्नुभएको थियो। कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यार्थीहरूको सर्वाङ्गीण विकास गर्न एवं अनुशासित र खेलकुदको माध्यमबाट आत्मनिर्भर नागरिक तयार गर्न विद्यालयले स्थापना कालदेखि नै लागिपरेको र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु समेत तयार गर्न सफल भएको कुरा व्यक्त गर्नुभयो।

फाेटाेमा हेर्नुहाेस्...

विनायकमा वार्षिक खेलकुद मेला

Comments