भक्तपुरका अण्डा पसलमा अनुगमन


फाल्गुन ७, २०७७, शुक्रबार | विहान १०:२९ बजे | 20


भक्तपुर, २९ माघ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा शुक्रबार जगातिमा ६ वटा पसलहरु अनुगमन गरेकोमा अण्डा र मासुको मुल्य जथाभावी बृद्धि गरी लिएको र एक रुपता नभएको बताउनु भयो । उहा“ले अण्डामा बजार मुल्यभन्दा जथाभावी महंगोमा अण्डा विक्रि गरिरहेको गुनासो आएकोले अण्डा पसल र कोल्ड स्टोरमा अनुगमन गरेको बताउनु भयो । 
अनुगमनमा भक्तपुर कोल्ड स्टोरमा पसल नविकरण गर्ने, तराजू नापतौल विभागमा नविकरण गर्ने, मुल्य सुचि राख्ने, एप्रोन सेतो प्रयोग गर्ने, अण्डा र मासुको विक्रि मुल्य आफु खुसी जथाभावी बृद्धि नगर्ने, त्यस्तै मामा भान्जा कोल्ड स्टोर दर्ता नभएकोले पसल दर्ता गराई मुल्य सुचि राख्न, तराजु नापतौल विभागमा नविकरण गर्न, एप्रोन सेतो प्रयोग गर्न, अण्डा र मासुको जथाभावी मुल्य नतोक्न, अण्डा सानो ठूलो मिसाएर नवेच्न, त्यस्तै दोलखा मिट सप दर्ता नभएकोले दर्ता गराई तराजू नापतौल बिभागमा नविकरण गर्न, अण्डा र मासुको जथाभावी मुल्य बृद्धि गरी बेच विखन नगर्न, त्यस्तै केजि कोल्ड स्टोरमा पसल नविकरण गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न, एप्रोन सेतो प्रयोग गर्न, बासी बिग्रेको मासु विक्रि वितरण नगर्न र विग्रेको मासु छुट्टै राखी नष्ट गर्न, त्यस्तै ख्वप कोल्ड स्टोरमा मुल्य सूचि राख्न, अण्डाको मुल्य जथाभावी बृद्धि गरी विक्रि वितरण नगर्न र एप्रोन सेतो प्रयोग गर्न र जगाति मिनि मार्टमा प्याकेजिड्ड सामानहरुमा अनुज्ञा पत्र लिई लेवल राखेर मात्र विक्रिवितरण गर्न, म्याद नाघेको सामानहरु बरोबर चेकजा“च गरी छुट्टै राख्न निर्देशन दिई अएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो । 
अनुगमनमा अनुगमन समितिका सदस्य रोशनमैया सुवाल, श्यानिटेशनका व.नि.रामकृष्ण प्रजापति, कर उपशाखाका मोहनदेबी व्याञ्जू, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, भक्तपुर घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद कवा“को सहभागी रहेको थियो ।

Comments