गायिका शुष्माकाे म्युजिक भिडियाे सरस्वती बन्दना सार्वजनिक


माघ १२, २०८२, सोमबार | राति ०८:१० बजे | 275


 गायिका शुष्माकाे म्युजिक भिडियाे सरस्वती बन्दना सार्वजनिक

मध्यपुर थिमिका गायिका शुष्मा श्रेष्ठको पहिलाे प्रस्तुति "जय जय सरस्वती माता" नामकाे म्युजिक भिडियाे विमाेचन गरी सार्वजनिक गरिएकाे छ ।  गीत संगितकाे माध्यमबाट मध्यपुर थिमि नगर क्षेत्र भित्रका कला, संस्कृति र सम्पदाहरु प्रचारप्रसार गरि मध्यपुर थिमि नगरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न टेवा पुर्‍याउने लक्ष्यका साथ म्युजिक भिडियाे निर्माण गरिएको थियाे । श्रीपञ्चमीकाे दिन  सिद्धिकाली मन्दिर परिसरमा आयाेजित एक समारोहमा म्युजिक भिडियाे विमाेचन कार्य सम्पन्न भयाे ।   गायिका शुष्मा श्रेष्ठकाे रचनामा संगितकार शिवकृष्ण शाहीले म्युजिक सयाेजन तथा रेकर्डिङ गरिएको म्युजिक भिडियाे शुष्मा श्रेष्ठकाे स्वर तथा गायनमा निर्माण गरिएको थियाे । मध्यपुर थिमि नगर क्षेत्र भित्रका ऐतिहासिक, साँस्कृतिक र धार्मिक महत्वकाे सम्पदा स्थलहरु बालकुमारी, करुणामय, मरुटाेल, दुईपाेखरी, बिष्णुकुण्डल, सिद्धिकाली र दुवाकाेटकाे सरस्वतीखेल लगायतका धार्मिक तथा पर्यटन स्थानमा निर्देशक सुरेन्द्र ग्वायमरु श्रेष्ठकाे निर्देशनमा छाँयाकन गरिएकाे थियाे । म्युजिक भिडियाेमा मध्यपुर नगरमा गीत, संगित र सामाजिक क्षेत्रमा सक्रिय पलिस्था पुचःका अध्यक्ष सम्झना श्रेष्ठको नेतृत्वमा पुचःका सदस्य तथा कलाकारहरुले नृत्य, कला र समुह डान्स प्रस्तुत गरिएकाे थियाे । गायिका शुष्मा श्रेष्काे एकल प्रयासमा निर्माण गरिएको  श्रेष्ठकाे पहिलाे म्युजिक भिडियाेमा पलिस्था पुचःका सदस्यहरुलाई माेडलिङ्ग गर्ने अवसर दिईएकाे थियाे ।  गीत, संगित मार्फत स्थानीय कला, संस्कृति र सम्पदाहरुकाे प्रबर्द्धन, स्थानीय जात्रा पर्वहरुकाे माैलिक भेषभुषाहरु बारेमा जन चेतना अभिवृद्धि गर्ने उदेश्य पलिस्था पुचःका साथीहरु लगायतकाे सहयाेग र  आफ्नै निजि लगानीमा म्युजिक भिडियाे निर्माण गरिएको जानकारी  गायिका तथा रचनाकार शुष्मा श्रेष्ठले बताउनु भयाे ।

फाेटाेमा हेर्नुहाेस्...

 गायिका शुष्माकाे म्युजिक भिडियाे सरस्वती बन्दना सार्वजनिक

Comments