बालबालिकालाई खेलकुद सामग्री वितरण
माघ ११, २०८२, आइतबार | दिउँसो ०२:०१ बजे | 230
चाँंगुनारायण । चाँगुनारायण नगरपालिकाभित्र खेलकुद विकासमा टेवा पुयाउने तथा विभिन्न सामाजिक कार्यक्रममार्फत समाजमा सकारात्मक योगदान पु¥याउने उद्देश्यले स्थापना गरिएको चाँगुनारायण खेलकुद तथा सामाजिक कल्याण क्लबद्वारा आयोजित तेस्रो सामाजिक कार्यक्रम शनिबार बिहान चाँ.ना.पा.–८, सुडालस्थित मिस्रेटार खेल मैदानमा सम्पन्न गरियो । कार्यक्रममा करिब २५ जना बालबालिकालाई खेलकुद सामग्री वितरण गरि सम्पन्न भएको छ ।
वितरण गरिएको सामग्रीहरू ः–
जर्सी ः– ६ सेट
खेलाडी बिप्स् ः– ८ थान
क्याप – ६ थान
फुटबल – २ थान
भलिबल ः– १ थान
क्रिकेट ब्याट – २ थान
क्रिकेट बल – ५ थान
क्रिकेट हेल्मेट – १ थान
ब्याडमिन्टन ¥याकेट – १ सेट
सटलकक – १ बण्डल
बेसबल ब्याट – ३ थान
चेस सेट ः– १ थान
क्लबको प्रथम सामाजिक कार्य स्वरूप हरिबोधिनी एकादशीको पावन अवसरमा चाँगुनारायण मन्दिर परिसरमा चिया, जुस तथा पानी वितरण गर्नुका साथै मेडिकल हेल्प डेस्क सञ्चालन गरी करिब ४५ जना श्रद्धालुहरूको प्राथमिक उपचार गरिएको थियो । त्यसैगरी क्लबको दोस्रो कार्य स्वरूप रु. ५०,०००÷– प्रथम पुरस्कार तथा रु. २५,०००÷– दोस्रो पुरस्कार सहितको प्रथम चाँगुनारायण नगर कप फुटसल प्रतियोगिता सफलतापूर्वक सञ्चालन गरिएको थियो ।
आगामी दिनहरूमा पनि यस्तै सामाजिक तथा खेलकुदसम्बन्धी कार्यहरू निरन्तर रूपमा गर्दै जाने प्रतिबद्धता व्यक्त गरिएको छ । यस सामाजिक कार्यलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति क्लब परिवार र क्लवका अध्यक्ष प्रदीप ढकालले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ ।
फाेटाेमा हेर्नुहाेस्...
