यस्तो हुन्छ एसईई परीक्षा नलिएपछि


जेठ ३१, २०७७, शनिबार | विहान ०७:१९ बजे | 10


भक्तपुर । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिले सरकारले हालै एसईईको परीक्षा नलिने विषयमा गरेको निर्णयबारे आफनो ध्यानाकर्षण नभएको जनाएको छ । संघका सचिव रामकृष्ण प्रजापतिले यसबारे शुक्रबार एक प्रेस विज्ञप्ति प्रकाशित गरेका छन् ।
विज्ञप्तिको पूर्ण पाठ यसप्रकार छ ।
मिति २०७७ जेठ २८ गते बुधबार मन्त्रीपरिषद्को निर्णय अनुसार एसइइको परीक्षा नलिई बिद्यालयको आन्तरिक मुल्याङ्कनबाट परीक्षा बोर्डबाट लब्धाङ्कक पत्र दिने व्यवस्थाको समाचारहरु बाहिर निस्केसंगै पत्रपत्रिकामा अभिभावकहरुले आ–आफ्नो बालबालिको ग्रेड बढाउन बिद्यालयहरुमा दबाब दिएको समाचारहरु पनि आएको छ । यसमा अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिको ध्यान आकृष्ट भएको छ । त्यसैले यो प्रेस विज्ञप्ति प्रकाशित गरेको छ ।
मजदुर पत्रिकामा कोरोना प्रभावः पछिल्लो अपडेट भनेर लाखौं मरिसकेको विश्व स्वास्थ्य संगठनको स्रोतबाट लिई प्रकाशित भईरहेको छ । यस्तो अबस्थामा हुलमुल हुने गरी परीक्षा लिनु कतिको न्यायचित होला ? हामीले पनि एकपटक हात छातिमा राखेर सोच्ने हो की ? यसले भोलि के भयावह स्थिति आउन सक्नछ ? यस्तो असहज परिस्थितिलाई मुल्याकङ्क गरी एक पटकको लागि स्वमुल्याकङ्कको संकटमोचनको कुरा हुनसक्छ । बरु यसमा सबै बिद्यालय र शिक्षकहरु इमान्दारीता पूर्वक मुल्याकङ्क गरिदिनु हुन समेत अनुरोध गर्दछु । विद्यार्थीहरु भविष्यका कर्णधार हुन । आज बिद्यालय र शिक्षकहरुले गरेको लापरवाहीले उनीहरुको भविष्य विग्रन सक्छ । यसलाई मध्ये नजर गरी शिक्षकहरु आफ्नो देशको भविष्यलाई मध्य नजर गरी भोलि तिनै कमजोर विद्यार्थी डाक्टर बन्ने हामी नै मृत्युवरण गर्नु पर्ने आवस्था आउन सक्ने भएकोले निष्पक्ष ढंगले स्वमुल्याकङ्क गरिदिने आशा समेत लिएको छु । अभिभावकहरुको दवाव र पैसाको लेनदेनमा ग्रेड बृद्धि गर्ने मुखर्ता सचते र इमान्दार शिक्षकहरुबाट हुने छैन भने समेत यस संघ आशावादी छु ।
अभिभावकहरु अहिले शिक्षा विना चौतर्फ विकास नहुने चेत खुलि सकेकोले आफु खाई नखाई वा आधा पेट भोकै बसेर वा आफ्नो छाक काटेर भएपनि आफ्ना बालबालिको भविष्यको लागि शिक्षामा जोड दिई आएको छ ।
अहिले देशमा गणतन्त्र आई संघीयतमा देश गई सकेपछि स्थानीय सरकारले माध्यामिक विद्यालय हेर्ने जिम्मा आईसकेपछि भने शुल्क निर्धारण स्थानीय सरकारले सरोकारवाला राखेर गर्दै आएको यहाँहरुलाई जानकारी नै हुनु पर्छ । स्वमुल्याकङ्क निष्पक्ष ढंगले व्यवहारमा नै देखिने गरी कार्यान्वयन गर्ने त सरकारको कर्तव्य हो त्यो संघीय सरकार होस् वा प्रदेश सरकार वा स्थानीय सरकार । अभिभावक संघले उक्त कुराहरुको उजागर गर्ने, अभिभावकहरुलाई सचेत गर्ने र संगठित गरी सशक्त रुपमा अभिभावकहरुलाई परेको पिर मार्कामा आवाज बुलन्द गर्ने कार्य गर्दै आएको यहाँहरुमा जानकारी गराउँन चाहन्छु ।
स्वमुल्याकङ्कको आवश्यकता अहिले विश्वमा कोभिड १९ अथवा कोरोना भाइरसबाट ग्रसित छ र यो रोग हुलमुल र एक अर्काको सम्पर्कबाट हुने, अथवा हाँछ्यु र खोक्दा सर्ने भएकोले सर्तक रहनु पर्ने भएकोले लकडाउन गरेको हो । यस्तो अवस्थामा हुलमुल गरी परीक्षा लिन्दा वा परीक्षा फल प्रकाशित गर्दा त्यसले कोरोना सर्न सक्ने वा लकडाउनको मतलब नहुने भएकोले पहिलो दोश्रो त्रैमासिक परीक्षा साथै प्रि बोर्ड परीक्षा वा प्रि परीक्षाको अंकलाई आधार मानी त्यसपछिको विषयगत शिक्षकहरुले कुन विद्यार्थी कति प्रतिभावान छन् सहज स्वमुल्याकङ्क गर्न सक्ने धेरै आधारहरु छन् । त्यस हिसाबले यो कोरोनाको महामारीको समयमा एक पटकको लागि स्वमुल्याकङ्कको आधारमा परीक्षाफल प्रकाशित गर्दा समस्या नहुने हो कि भने अभिभावक संघलाई लागेको छ । साथै जीवन भए त्यस्तो परीक्षा धेरै पटक दिन पाइन्छ तर कोभिड १९ का कारण जीवन समाप्त हुने कार्य हामीबाट गर्नु हुन्न । देश र जनताको निम्ति बरु जीवन बलिदान दिन सकिन्छ अनहकमा एउटा परीक्षाको लागि जीवन दाउ पार्ने कार्य गर्नु अभिभावक संघलाई अनुचित लागेको छ । साथै उक्त रोगले एकदुई जनामात्र होइन हामीले विभिन्न विदेशमा दिनको सयौंको मृत्यु भई राखेको समाचार पढको छौं । साथै विभिन्ना देशमा विद्यालय संचालन गर्दा हजारौं विद्यार्थीहरुलाई कोरोना सरेको समाचारहरु हामीले पढेका छौं । त्यसैले मानवीय क्षेति हुनबाट बचाउन कसैको दवाव रहित र लेनदेनमा भर नपरी निष्पक्ष ढंगले बिद्यालय र शिक्षकहरुले स्वमुल्याङ्कन गरिदिनु हुन अनुरोध गर्दछु ।

Comments