प्रतिमा रथमा राखि"शान्ति पदयात्रा"


माघ ४, २०८२, आइतबार | साँझ ०६:१० बजे | 230


प्रतिमा रथमा राखि"शान्ति पदयात्रा"

राष्ट्रिय ज्ञानमाला संघ, नेपालको आयोजना तथा ज्ञानमाला संघ,धर्मशीला बुद्ध विहार, नदीपुर पोखराको व्यवस्थापनमा गत २०८२ पुस महिनाको २६,२७ र २८ गते सम्पन्न भएको "एघारौं राष्ट्रिय ज्ञानमाला सम्मेलन" बाट राष्ट्रिय ज्ञानमाला संघ अन्तर्गत भक्तपुर जिल्ला उपसमितिलाई २०८५ सालमा "बाह्रौं राष्ट्रिय ज्ञानमाला सम्मेलन" भक्तपुरमा गर्न भक्तपुर जिल्लालाई पाब्वः(पालो जिम्मेवारी हस्तान्तरण) गरि लिई आज मध्यपुर स्थित बासुकी चोकबाट बाजागाजा, ज्ञानमाला भजन तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहित मध्यपुर वडा स्वयम्भू भगवानको प्रतीक स्वरूप (पाब्वः) प्रतिमा रथमा राखि"शान्ति पदयात्रा" विभिन्न टोलमा भएर नगदेश बुद्ध विहारमा पुगेर एक समारोह गरि सम्पन्न गरियो । नगदेश बुद्ध विहारमा ज्ञानमाला भजन प्रस्तुत,पञ्चशील प्रार्थना, बुद्ध पुजा, परित्राण पाठ, अष्टपरिष्कार दान, भिक्षु संघलाई भोजनदान साथै श्रद्धेय भिक्षु धर्मरत्न स्थविरले दानपारमिता विषयक प्रवचन दिनु भयो । प्रवचनमा आफूसंग भएको वस्तुहरू दानदिनु आमिसदान हो, भने बुद्धका शिक्षा प्रचारप्रसार गर्नु धर्मदान, ज्ञानगुण युक्त शिक्षा दानदिनु ठुलोदान हो भन्नू भयो । समारोहमा भक्तपुर जिल्ला संयोजक गौतम बज्राचार्यले स्वागत तथा नगदेश बुद्ध विहारका अध्यक्ष, बौद्ध विद्वान कृष्णकुमार प्रजापतिले उपस्थित सबैलाई धन्यवाद दिनु भयो, अन्तमा पुण्यानुमोदन गरि सम्पन्न गरियो ।

Comments

ताजा खबर