बलात्कारीलाई कहिले झुण्डाउने ?
फाल्गुन ६, २०७७, बिहीबार | विहान १०:४९ बजे | 20
बलात्कारीलाई कहिले झुण्डाउने भन्दै भक्तपुरका युवा विद्यार्थीले अभियान चलाउन थालेका छन् । राजनीतिशाश्त्र विषय लिई अध्ययन गरिरहेका विद्यार्थीको समूहले बलात्कारीलाई झुण्डाउनुपर्ने मागसहित पोष्टरिंग क्याम्पेन थालेका हुन् । उनीहरुले दैनिक एकएक वटा डिजाइनसहितको पोष्टर विकास गरी त्यसलाई सामाजिक सञ्जाल फेसबुकमार्फत पोष्ट गरी पोष्टरिंग थालेका हुन् ।
यसका लागि उनीहरुले संगठन पनि बनाएका छन् । जिल्लास्थित ख्वप माध्यमिक विद्यालय देकोचा भक्तपुरमा राजनीतिशाश्त्र विषय लिई अध्ययनरत विद्यार्थीहरुले ख्वप पोलिटिकल साइन्स स्टुडेन्टस सोसाइटी गठन गरी उनीहरु यो अभियानमा जुटेका हुन् । सोसाइटीमा नौ जनाको कार्यसमिति र बाँंकी साधारण सदस्य रहने गरी कुल ६१ जना विद्यार्थी संलग्न छन् ।
सोसाइटीका अध्यक्ष उज्ज्वल हेयोगजूले आफूहरुले युवाको आवाज वुलन्द गरेको बताए । यसका लागि कलेजमा राजनीतिशाश्त्र विषय लिएका विद्यार्थी एकताबद्ध रहेको उनले जनाए । कलेजमा राजनििीतशाश्त्र विषय लिई कक्षा १२ उतीर्ण भएका ३० जना र हाल कक्षा १२ मा राजनीतिशाश्त्र विषय लिई अध्ययनरत ३१ जना विद्यार्थीहरु गरी कुल ६१ जना विद्यार्थी समूहमा आवद्ध रहेको जानकारी उनले गराए ।
पहिलो चरणमा उनीहरुले महिला हिंसा विरुद्धको पोष्टरहरु बनाई क्याम्पेनिग गरिरहेका हुन् । ‘अति भयो हजुर कहिलेसम्म हुने ? बलत्कारीलाई कहिले झुण्डाउने’ लगायतका माग लेखी उनीहरुले क्याम्पेनिग गरेका हुन् । पहिलो चरणमा त्यस्ता पोष्टरहरुको विकास गरी सामाजिक सञ्जाल फेसबुकमार्फत पोष्टरिंग गरिरहेको उनीहरुले जनाए । उनीहरुले त्यसलाई दैनिक नयाँंनयाँं पोष्टर बनाई पोष्टरिंग गरिरहेका छन् ।
क्याम्पेनिंगमा रहेकी एकजना छात्रा अन्जना त्यातले महिला हिंसा गर्नेहरुलाई फाँंसी दिनुपर्नृ मागसहित आफूहरुले आवाज बुलन्द गरिरहेको जनाइन् । हाम्रो यो आवाज सरकारसमक्ष पुगोस भनेर हामीले सामाजिक सञ्जालको सहयोग लिइरहेका छौं, उनले नागरिकसँंग भनिन्, हाम्रो यो आवाज सरकारसमक्ष पुगोस भनेर हामी निरन्तर लागिरहने छौं । उनीहरुले डिजाइन गरी बनाएको दैनिक फरकफरकको याँंनयाँं पोष्टरलाई समूहसमूहमा सेयर गर्ने कामहरु गरिररहेका छन् ।
ऋभियानमा संलग्न अर्का छात्र रोशन बाटाले अहिले जल्दोवल्दो रहेकोले महिला हिसांलाई मुद्धा बनाएको बताए । भोलिका दिनमा भ्रष्टाचारलगायतका विषयमा पनि यस्तै क्याम्पेनिंग गर्ने योजना रहेको छ, उनले स्पष्ट पारे ।
एकजना राजनीतिशाश्त्रका शिक्षक राजु लासिवाले अहिलेका विद्यार्थी तुलनात्मक रुपमा सचेत रहेको बताए । यही सचेतनाकाकै कारण उनीहरु यस्तो अभियानमा जुट्न सफल भएको उनको बुझाई छ ।