देश चलाउने सरकारका नेताहरु न नीति, न विचार र सिध्दान्त


माघ ३, २०८२, शनिबार | राति ०९:२७ बजे | 135


देश चलाउने सरकारका नेताहरु न नीति, न विचार र सिध्दान्त

भक्तपुर, ३ माघ । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा बधाई तथा प्रवचन कार्यक्रम नेमकिपाका केन्द्रीय सदस्य एवम् वागमती प्रदेश सांसद माननीय सुरेन्द्र राज गोसाईंको प्रमुख आतिथ्यतामा बालाखु बज्र होटलमा शनिबार सम्पन्न भयो । 

प्रमुख अतिथि सुरेन्द्र राज गोसाईंले गुठी एउटा सचालन गर्न त सिस्टम र बिधानले चल्नुपर्छ भने देश चलाउने सरकारका नेताहरु न नीति, न विचार र सिध्दान्त छ । यस्ता नेताहरुको अकर्मण्यताले देश र जनताले दुख पाएको बताउनुभयो । उहाँले विदेशीले हाम्रो देशमा कमजोर सरकार बनाई देशको स्त्रोत साधन लुट्न हो भन्नुभयो । उहाँले नेपाली कांग्रेसले नेमकिपालाई फुटाएकोले स्वयम् फुट्नु पर्यो भन्नुभयो । उहाँले माघ १० गते नेपाल मजदुर किसान पार्टीको ५२ आैं स्थापना दिवसमा विभिन्न कार्यक्रम गरि मनाउनु पर्ने बताउँदै देशको स्थिति र विभिन्न पार्टी बीच भिन्नता बारे बताउँदै ठूला शासक पार्टीमा भइरहेको गोलमाल नेता कार्यकर्ता बीच अन्तव्दन्द, विश्वास बिहिनता अबस्थामा रहेको र पैसा र पद लोभी भएकै कारणले बिदेशी  बिदेशी पैसाले संचालित हुँदा शिर ठाडो गर्ने ठाउँ नरहेको बताउनुभयो । उहाँले निर्वाचन समेत बिदेशी पैसाले जित्ने भएकोले नेपाल र नेपाली जनताको हितमा काम नगर्ने बताउनुभयो । उहाँले एमसिसि सम्झौताले अमेरिकी कानुन लागू हुने भएकोले सार्वभौम देशमाथिको हस्तक्षेप हो भन्नुभयो । उहाँले का. रोहित दरभंगामा बस्दा कसैको सित्तैमा एक सिन्को पनि नलिए बरु नि: स्वार्थ रुपमा सेवा गरेको बताउनुभयो । उहाँले भाद्र २३ र २४ गतेको उपद्रोह अमेरिकी साम्राज्यवाद भारतीय विस्तारवाद र सेनाको सहयोगमा भएको हुन सक्ने बताउनुभयो । उहाँले भेनेजुयलाका राष्ट्रपति मादुरोको अपहरणको बिरोध गर्दै चीनलाई रोक्न गरेको बताउनुभयो । उहाँले हतियार व्यापारमा तिकेको अमेरिकाले तेस्रो विश्व युध्दमा धकेल्ने सम्भावना रहेको बताउनुभयो । उहाँले युध्दले विश्वको अर्थतन्त्र खस्केको बताउँदै पर्यटन क्षेत्र समेत डामाडोल भएको बताउनुभयो । उहाँले राजनीति भनेको अडान र धैर्यता भएको बताउँदै घमण्ड र दम्भले होइन नैतिकता आदर्श विचारले चल्छ भन्नुभयो । 

कार्यक्रममा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गाैतम सुजखुले उद्योग वाणिज्य संघले तल्लो वर्गका व्यापारीहरुलाई उत्थान गर्न सदस्य दिई निम्न र राष्ट्रिय पुजीलाई प्रथामिकता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रम भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष एवम् भक्तपुर जिल्ला सदस्य गाैतम सुजखू भक्तपुर उद्योग वाणिज्य संघको ३८ आैं साधारणसभा र अधिबेशनले सचिव पदमा निर्विरोध निर्वाचित हुनुभएकोले प्रमुख अतिथि सुरेन्द्र राज गोसाईले बधाई ताम्रपत्रबाट सम्मान गरेको थियोे भने भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघमा सदस्य पदमा निर्वाचित हुनुभएकोमा बधाई पत्रबाट सम्मान गर्नुभयो ।

Comments