घ्यःचाकु सल्हु सास्कृतिक र सम्बाद कार्यक्रम सम्पन्न
पुष ३०, २०८२, बुधबार | राति ०९:१७ बजे | 195
भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर पर्यटन विकास समितिको आयोजना तथा उद्योग तथा बाणिज्य कार्यालयको सहकार्यमा संचालित गो लोकल अभियान अन्तर्गत माघे संक्रान्तिको अवसरमा घ्यःचाकु सल्हु सास्कृतिक र सम्वाद कार्यक्रम सस्कृतिविद विनोदराज शर्मा र पोषणविद् डा.अरुणा उप्रेतिको आतिथ्यतामा सम्पन भयो । सो अवसरमा पोषण विद डा.अरुणा उप्रतिले नेपाली समाजका विभिन्न समुदायले खानेकुराको बिषेशता आ आफ्नै भएको र परम्परा देखि खान्दै आएको खानेकुरामा धेरै बैज्ञानिक आधार भएको बताउनु भयो । डा उप्रतिले पश्चिमा समाजमा खानेकुरा समय अनुसार परिवर्तन भएपनि हाम्रो पुर्वीय दर्शन अनुसार चल्ने समाजमा परम्परा देखि खाई रहेको खानेकुरामा बैज्ञानिक आधार भएतापनि पश्चिमा विज्ञापन तथा माफियाको चपेता परि ती खानेकुरा खान छोडेर आयातित खानेकुरा खान्दा धेरै रोगको शिकार भएको जानकारी गराउनु भयो । साथै उहाँले नेपाली समाजमा परम्परागत रुपमा बारीमा फलाएको तोरीको तेल खाई रहेकोमा तोरीको तेल खान नहुने ध्यु खान्दै नखानु बरु भटमास तथा सुर्यमुखि तेलमात्र खानु भनी डिडिसिको मात्र घिउ खानु भनी विज्ञापन गर्दा नेपाली समाजमा तोरीको तेलको सट्टा अन्य रिफाईन भएको तेल र घिउ खान्दा धेरै रोगको शिकार भएको जानकारी गराउँदै हाम्रो समाजले सयौ बर्ष देखि खान्दै आएको परिकार खान जोड दिनुभयो ।साथै घिउ चाकु खानुको कारण शरिरमा हुने फाईदा तथा अन्य विविध बिषयमा जानकारी गराउनु भयो ।
त्यसैगरी सस्कृतिविद् विनोदराज शर्माले घ्यःचाकु खानुको सास्कृतिक महत्व र चाकुको विभिन्न परिकारमध्ये छ्वालु चाकु खाने परम्पराबारे जानकारी गराउनु भयो । साथै माघे सक्रान्तिको अवसरमा खाने विभिन्न कन्दमूल तथा सागहरुको सस्कृति महत्वबारे जानकारी गराउनु भयो ।त्यसैगरी उद्योग तथा बाणिज्य कार्यालयका कार्यालय प्रमुख रामप्रसाद कुस्माले परम्परागत उद्योगलाई नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता गरी संचालन गरेको खण्डमा ती उद्योग संचालन गर्न नेपाल सरकार प्रदेश सरकार तथा स्थानिय निकायले विभिन्न सेवा सुविधा लिन सक्ने भएकोले यस तर्फपनि उद्यमीले ध्यान दिन अनुरोध गर्नुभयो ।
कार्यक्रममा गो लोकल कार्यदलका सदस्य रमिला दुवालले घ्यःचाकु सल्हुको महत्व सो समयमा समाजले खाने खानेकुरा तथा सस्कृति सम्वन्धि कार्यपत्र प्रस्तुत गर्नुभयो भने भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले गो लोकल अभियानबारे जानकारी गराउनु भयो ।त्यसैगरी भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्माले घ्यःचाकु सल्हुको अवसरमा यस्को सास्कृतिक र सम्बाद गर्नुको औचित्यमाथि प्रकास गर्नुभयो । गो लोकल कार्यक्रमका संयोजक विरेन्द्र जतिको सभापतित्वमा भएको सो कार्यक्रममा सह सयोजक रामसुन्दर भेलेले सम्वाद कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
