पशु सेवा बिभागका नवनियुक्त महानिर्देशकलाई नेपाल पशुपन्छी औषधि व्यवसायी संघको तर्फबाट बधाइ।


फाल्गुन ५, २०७७, बुधबार | दिउँसो ०१:१५ बजे | 45


रत्न काजी प्रजापति

नेपाल पशुपन्छी औषधि व्यवसायी संघका अध्यक्ष श्री भूपेन्द्र प्रसाद गौतमको नेतृत्वको एक प्रतिनिधि मण्डलले पशु सेवा विभागकी नवनियुक्त महानिर्देशक डा। दमयन्ती श्रेष्ठलाइ उहाँकै कार्यकक्षमा भेट गरी संघको तर्फबाट बधाइ तथा शुभकामना व्यक्त गरेको छ। कार्यक्रममा संघका अध्यक्ष गौतमले महानिर्देशक डा। श्रेष्ठलाइ खादा तथा मायाको चिनो प्रदान गर्नुका साथै सफल कार्यकालको शुभकामना दिंनुहुँदै यस कार्यकालमा व्यवसायीहरूको समस्या समाधान हुने आशा व्यक्त गर्नुभएको थियो। संघका महासचिव श्री नारायण प्रसाद खनालले व्यवसायीहरूले व्यहोर्नु परिरहेको समस्याहरू समेटिएको ५ बुँदे मागपत्र पढेर सुनाउनु भएको थियो। उक्त कार्यक्रममा संघका निवर्तमान अध्यक्ष श्री चित्रबहादुर गुरूङ, केन्द्रीय पूर्व अध्यक्षहरू श्री भरतवहादुर पाण्डे, श्री कम्पोज बडाल, श्री नवराज शर्मा, श्री रेवति रमण निरौला लगायत कार्यसमितिका उपाध्यक्ष श्री यज्ञराज ढकाल, कोषाध्यक्ष धनकुमारी पाण्डे, सदस्य श्री साजन कार्की, श्री सादुराम ढकालको उपस्थिति रहेको थियो। त्यसैगरी केन्द्रीय सल्लाहकार समितिका सदस्य श्री दिनेशराज मिश्र र श्री रितेश रिमाल तथा प्रदेश कार्यसमितिका अध्यक्ष श्री केशव शर्मा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, वागमति शाखाको तर्फबाट अध्यक्ष श्री रत्नकुमार बडाल, कोषाध्यक्ष श्री शरण खनाल र सहसचिव श्री रत्नकाजी प्रजापति समेतको सहभागिता रहेको थियो। नवनियुक्त महानिर्देशक श्रेष्ठले व्यवसायीहरूले भोग्नुपरेका धेरैजसो समस्याहरूवारे अवगत रहेको र समाधानका लागि पहल गर्ने वताउनु भयो।

Comments