बुद्धकाे आयु संस्कार परित्याग दिवसबारे अन्तरक्रिया सम्पन्न
पुष २७, २०८२, आइतबार | राति ०७:१९ बजे | 545
प्रताप राना
काठमाडौ ,आज टेकुस्थित भिभा व्याक्वेटमा श्रीखण्ड तरूमुल महाविहार संरक्षण तथा संचालन समिति सिखंमुबहाले आयाेजना गरेको सिल्ला पूणिर्मा (आगामी माघ १८ गते आयोजना गरिने )कार्यक्रम शान्ति नायक गाैतम बुद्धले तीन महिना पछि (देहत्याग गर्ने ) आयुसंस्कार परित्याग गर्ने घाेषणा गर्नु भएको दिनकाे पावन उपलक्ष्यमा विभिन्न छलफल तथा अन्तरकृया गरेको छ।उक्त कार्यक्रममा आयाेजक संस्थाका अध्यक्ष दिल्ली रत्न शाक्य सभापति रहेको,त्यस्तै प्रमुख वक्ता भिक्षु काेडन्य महास्तविरकाे साथै विभिन्न वक्ताहरू डा लक्ष्मण शाक्य ,इ दिपक श्रेष्ठ लुम्बिनी बिकास काेषका सदस्य सचिव ,माधुरी शाक्य शाक्य फाउन्डेसनको अध्यक्ष ,संघरत्न शाक्य शाक्य महाविहार संघका सचिव ,तेज रत्न शाक्य पुर्व अध्यक्ष सुनचाँदी व्यवसायीसंघ,केशव मान शाक्य पूर्व मन्त्री तथा लुम्बिनी विकास काेषका पुर्व उपाध्यक्षलगायत अन्य वक्ताले बुद्धकाे महिमाबारे आआफ्नाे विचार व्यक्त गरेका थिए।विभिन्न ज्ञानीगुणीजनहरूकाे बाक्लो उपस्थितिमा भन्टे,गुरूमाहरूलाई दान प्रदान गर्दै जलपान तथा सबैलाई भाेजनग्रहण गराइ भव्य र सभ्यढंगले कार्यक्रम संपन्न गरिएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
