रामपालजी महाराज आश्रम प्रवेश गरी आक्रमण, घाइतेलाई उपचारमा लाँदा थप आक्रमण
पुष २७, २०८२, आइतबार | विहान १०:३४ बजे | 690
काठमाडौं । जग्गा नापजाँचको विषयलाई निहु बनाई केही उपद्रवकारी तत्वहरूले धनुषाको मिथिला नगरपालिका वडा नं. २ मा जबर्जस्ती आश्रम परिसरभित्र प्रवेश गर्ने प्रयास गर्दै शनिबार हिंसात्मक आक्रमण गरेका छन् । उक्त आक्रमणका क्रममा क्षीरेश्वर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष, वडा सचिव, वडा सदस्य तथा आश्रममा सत्सङ्ग श्रवणका लागि उपस्थित ११ जना भक्तजनमाथि ढुङ्गा मुढा प्रहार गरी गम्भीर कुटपिट गरिएको जनाइएको छ । घाइते भक्तजनहरूलाई उपचारका लागि एम्बुलेन्समार्फत जनकपुर अस्पताल लैजाँदै गर्दा महेन्द्रनगरस्थित औरही पुलमा सोही समूहवाट पुनः आक्रमण गरी थप कुटपिट गर्नुका साथै एम्बुलेन्समा तोडफोड गरिएको र एम्बुलेन्स चालकसमेतलाई घाइते बनाइएको जनाइएको छ । पूर्णब्रह्म कबीर उपासक समाज नेपाले आइतबार विज्ञप्ति प्रकाशित गरी घटना मिति २०८२÷०९÷२६ गते शनिबारका दिन करिब बिहान ११ बजे भएको जनाएका छन् ।
प्रेस विज्ञप्ति
पूर्णब्रह्म कबीर उपासक समाज नेपाल विगत १०–१२ वर्षदेखि जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजद्वारा प्रतिपादित आध्यात्मिक मार्ग (वैदिक सनातन परम्परा) अनुरूप जीव हिंसाको अन्त्य, नशामुक्त समाजको निर्माण, जातीय विभेदको उन्मूलन, भ्रष्टाचारविरुद्ध, जनचेतनामूलक अभियान, दाइजो प्रथाको अन्त्य, अन्नपूर्ण मुहिमअन्तर्गत अति विपन्न वर्गलाई राहत वितरण, खुला रक्तदान, वृक्षरोपणलगायतका विविध सामाजिक सेवामूलक कार्यहरू निरन्तर गर्दै आइरहेको सामाजिक संस्था हो।
यसै सन्दर्भमा धनुषा जिल्ला, मिथिला नगरपालिका वडा नं. २ नकटाझिझ निवासी श्री लक्ष्मण महतो र श्री जयलाल महतो दाजुभाइ तथा निजको परिवारले संस्थाको सामाजिक योगदान तथा आध्यात्मिक ज्ञानबाट प्रभावित भई साविक नकटाझिझ गा.वि.स. वडा नं. १ (ख) अन्तर्गत हाल मिथिला नगरपालिका वडा नं. २ बेलाचापीमा पर्ने कित्ता नं. ३२, ३३ र ३५ को जम्मा २–५–१३ क्षेत्रफलको जग्गा साथै, सोही जग्गासँग जोडिएको उहाँहरूको स्ववासी भोगचलनमा रहेको केहि जग्गा समेत धर्मार्थ प्रयोजनका लागि संस्थालाई आश्रम सञ्चालन गर्न दानस्वरूप प्रदान गर्नुभएको थियो ।
मिति २०८२÷०९÷२६ गते शनिबारका दिन करिब बिहान ११ बजे, जग्गा नापजाँचको विषयलाई निहु बनाई केही उपद्रवकारी तत्वहरूले जबर्जस्ती आश्रम परिसरभित्र प्रवेश गर्ने प्रयास गर्दै हिंसात्मक आक्रमण गरेका छन् । उक्त आक्रमणका क्रममा क्षीरेश्वर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष, वडा सचिव, वडा सदस्य तथा आश्रममा सत्सङ्ग श्रवणका लागि उपस्थित ११ जना भक्तजनमाथि ढुङ्गा मुढा प्रहार गरी गम्भीर कुटपिट गरिएको छ।
घाइते भक्तजनहरूलाई उपचारका लागि एम्बुलेन्समार्फत जनकपुर अस्पताल लैजाँदै गर्दा महेन्द्रनगरस्थित औरही पुलमा सोही समूहवाट पुनः आक्रमण गरी थप कुटपिट गर्नुका साथै एम्बुलेन्समा तोडफोड गरिएको र एम्बुलेन्स चालकसमेतलाई घाइते बनाइएको छ।
विवाद समाधानका लागि मिथिला नगरपालिका वडा नं. २ का वडाध्यक्ष श्री बिहारीलाल महतोको अध्यक्षतामा आश्रम र स्थानीय युवा दुवै पक्षबाट प्रतिनिधित्व रहने गरी संयुक्त समिति गठन भई आपसी सहमतिमा टुंगो लगाउन े निर्णय भइसकेको थियो । तर उक्त सहमतिको उल्लङ्घन गर्दै वडाध्यक्ष तथा अमिनको अनुपस्थितिमा जातीय तथा धार्मिक द्वन्द सिर्जना गरी समाजमा अशान्ति फैलाउन े दुषित नियतले गरिएको यस आक्रमणप्रति पूर्णब्रहम कबीर उपासक समाज नेपाल परिवार घोर भत्र्सना गर्दछ ।
कानूनी राज्यमा आफ्ना असन्तुष्टि राख्ने वैधानिक माध्यम हुँदाहँद ै कानून आफ्न ै हातमा लिई अराजकता फैलाउन े तत्वहरूमाथ ि सम्बन्धित निकायबाट कडा भन्दा कडा कारबाही गरियोस भनी हामी जोडदार माग गर्दछौं। साथै, धार्मिक सदभाव, सामाजिक भाइचारा र शान्ति कायम राख्न तथा भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन आवश्यक सुरक्षा व्यवस्था सुनिश्चित गर्न सरोकारवाला निकाय, प्रशासन तथा सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौ ं ।
घाइते सबैको शीघ्र र प्रभावकारी उपचारको व्यवस्था गरियोस्। साथै, ब्क्ष् को दुरुपयोग गरी झुटा तथा भ्रामक समाचार संप्रेषण गरी सामाजिक सञ्जालमा प्रचार–प्रसार गर्ने व्यक्ति तथा संस्थामाथ ि तत्काल कानूनी कारबाही गरियोस् भनी सम्बन्धित निकायसमक्ष अपील गर्दछौं।
पूर्णब्रह्म कबीर उपासक समाज नेपाल मिति ः २०८२÷०९÷२७
