भोलि भक्तपुरमा जिल्लास्तरीय तेकान्डो 


पुष २५, २०८२, शुक्रबार | साँझ ०६:३९ बजे | 220


भोलि भक्तपुरमा जिल्लास्तरीय तेकान्डो 

भक्तपुर । भोलि भक्तपुरमा जिल्लास्तरीय तेकान्डो प्रतियोगिता २०८२ हुने भएको छ । युनाइटेड तेकान्डो डोजांग कमिटीलगायतको आयोजनामा प्रतियोगिता हुन लागेको हो । सूर्यविनायक नगर तेकान्डो विकास समितिको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । 
आयोजक कमिटीका प्रमुख जीवन लामा, कार्यक्रम संयोजक सुजन तामांगका अनुसार कार्यक्रम एकदिने हुनेछ । प्रतियोगिताका लागि शुक्रबार तौल जोख्ने काम भएको जनाइएको छ । 
प्रतियोगितामा प्रथम हुनेलाई आठ हजार, दोश्रोलाई ६ हजार र तेश्रोलाई चार हजार नगरसहित टफी प्रदान गर्ने जनाइएको छ । 

Comments