बक्सर खेलाडीहरुको भेला 


पुष २१, २०८२, सोमबार | दिउँसो ०२:१८ बजे | 185


बक्सर खेलाडीहरुको भेला 

भक्तपुर, २१ पुस । भक्तपुर जिल्ला बक्सिङ्ग संघको आयोजनामा बक्सर खेलाडीहरुको भेला नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भनपा वडा नं ७ का वडाध्यक्ष उकेश कवाँको प्रमुख आतिथ्यतामा बज्र होटेल बालाखुमा एक समारोहबीच आइतबार सम्पन्नभयो ।
प्रमुख अतिथि उकेश कवाँले स्वाधिन र स्वतन्त्र देश भेनेजुयला माथि साम्राज्यवादी अमेरिकाले सैन्य आक्रमण अमेरिकाको नाङ्गो हस्तक्षेप भएको बताउँदै सार्वभौम देशका खेलाडीहरुले त्यसको विरोध गर्नुपर्ने बताउनुभयो । उहाँले पानामा, इराक, अफगानीस्तान, लिविया, प्यालेष्टाइनमा पनि अमेरिकी साम्राज्यवादले लाखौं देशभक्ति जनताको हत्या गरेको बताउँदै अपहरण गरिएका भेनेजुयलाका राष्ट्रपति मादुरो उहाँका पत्निलाई रिहाइको माग गर्नुभयो । उहाँले नेपालमा पनि अमेरिकीबाट अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (आइएनजिओ) बारबारा संस्था लगायतले जेनजीको नाममा उपद्रोह मचाई अमेरिकी कठपुटली सरकार गठन गरेको बताउँदै रास्वपाका रवि, बालेर र कुमालमानले एमसिसिको विरोध गर्न नसक्नु अमेरिकी दलाल भएको बताउनुभयो । उहाँले नेपाल मजदुर किसान पार्टीले देश र जनताको निःस्वार्थ सेवा बाहेक अरु कुनै स्वार्थ नभएको बताउँदै चुनाव हुने सम्भावना बढेकोले देश भक्ति, देश र जनताको निःस्वार्थ सेवा गर्ने पार्टीलाई जिताउन युवा, विद्यार्थी र खेलाडीहरुले सहयोग गर्नुपर्ने बताउनुभयो । 
    कार्यक्रममा भक्तपुर जिल्ला बक्सिङ्ग संघका अध्यक्ष रामकृष्ण प्रजापतिले  अमेरिकाको प्रजातन्त्रका लागि राष्ट्रिय सशक्तीकरण, (नेड, ल्भ्म्) को स्थापना सन् १९८३ मा भई यो अमेरिकी संस्थाले नेपालको सरकारलाई हटाउने गरी भाद्र २३ र २४ गते हिंस्रक सत्तापलट भएको बताउँदै  नेडले लाखौँ अमेरिकी डलर खर्च गरेर नेपालका दर्जनौँ युवालाई ‘जुलुस र विरोध प्रदर्शन आयोजना गर्ने सीप र रणनीति’ बारे तालिम दिई त्यस अन्तर्गत ‘क्ष्च्क्ष्’ (अन्तर्राष्ट्रिय रिपब्लिकन संस्थान) ले एउटा भूमिगत अभियान नै चलाएको खुल्न आएको बताउँदै नुभयो । उहाँले विश्वभरि यसैखाले गतिविधिमार्फत विभिन्न सरकारलाई सत्ताच्यूत गर्नको लागि गोप्य रुपमा पैसा बाँड्दै नेपालमा ‘हिन्द–प्रशान्त रणनीति’ अनकुल राजनीतिक नेतृत्व हुर्काउन वासिङ्टनकै प्रयासमा भएको लेखहरु प्रकाशित भएको बताउनुभयो । 
    कार्यक्रममा नेपाल बक्सिङ्ग महासंघका कोषाध्यक्ष गौतम सुजखुले स्वागत मन्तव्य राख्नु भएको थियो ।

Comments