देको मिवा इतापाके आवास योजनासम्बन्धी उठेका केहि प्रश्नहरुबारे
फाल्गुन ४, २०७७, मङ्गलबार | विहान ०५:१३ बजे | 55
सदीक्षा बाईजु
भक्तपुर नगरपालिकाले १६ सय रोपनी भन्दाबढि जग्गा देको मिवा इतापाके आवास योजना सन्चालन गर्दै छ। भक्तपुर नगरपालिकाले कमलबिनायक आवास योजना, लिबाली आवास योजना र तुमचो दुगुरे योजना सम्पन्न गरिसकेको छ भने देको मिवा इतापाके आवास योजना नगरपालिकाद्वारा सञ्चालित चौथो योजना हो। आयोजनामा धेरै जग्गावालाहरुको जग्गा पर्ने हुँदा येस्ता अवास योजनाहरुमा मानिसहरुको बढी चासो हुनु स्वोभाविक नै हो। नगरपालिकाले नाफाको निम्ति आवास योजना सञ्चालन गरेको हैन। यश अगाडिको योजनमा ढल निकासको बन्दवस्त, ब्यवस्थित सडक निर्माण, खुल्ला क्षेत्र सहित ब्यवस्थित सहर निर्माण गरि जग्गावालहरुलाइ नै फिर्ता गरेको कुरा धेरैलाई जानकारी नै छ। नगरपालिकाले आवास योजना सञ्चालन नगरेको भय घर जग्गा कारोबारिहरुले केही रोपनी जग्गामा स(साना योजना सञ्चालन गर्ने र सस्तोमा किसान्हरुसङग जग्गा लिइ किसान्हरुलाइ बिस्थापित गरिसक्थे। अहिले विभिन्न ठाँउमा त्यस्ता कामहरु भइरहेका छन्।
नगरपालिकाले आफू खुशी योजना सञ्चालन गरेको नभई जग्गावालाहरुकै माग अनुसार सञ्चालन गरेको हो। अहिले नक्शाको प्रारम्भिक कार्य सम्पन्न गरि त्यसभित्र जग्गावालाहरुको कुनै गुनासो छ छैन ३५ दिने सूचना आह्वान गरिएको हो। यो अन्तिम होइन। केहि जग्गावालाहरुले आफ्नो मागलाइ स्पष्ट राख्नुभन्दा नगरपालिका र आवास योजनाविरोधी गतिविधि गर्ने अवसरको रूपमा लिए, यथार्थ स्पष्टपार्नु भन्दा भ्रम फैलाउने काम गरे र गर्दै छन्।
सुबिधाअनुसार योगदान गर्नु आवास योजनाको सिद्धांत हो। जसले बढी सुबिधा खोज्छ उसले बढी योगदान गर्नुपर्छ जस्तैः ६ मिटरको सडक र ९ मिटरको सडकमा पर्ने जग्गावालाको योगदान, उत्तर र दक्षिण मोहडामा पर्ने जग्गावालाको योगदान र कर्नरमा परेको र नपरेको बीचको योगदान प्रतिशत फरक फरक हुन्छ। यो विषय आवास योजनाले जग्गाबाल बीच पटक पटक प्रष्ट पारिसकेको छ।
आयोजनाका अनुसार अहिले गुनासो संकलन भइरहेको छ। ६ सयभन्दा बढी गुनासो आएको देखिन्छ। त्यसलाई अध्ययन गरि टुंगोमा पुर्याउनु भनपा. वडा नम्बर २ का वडाअध्यक्ष हरिप्रसाद बासुकलाको संयोजकत्वमा समिति गठन गरि सरोकारवालाहरु उपस्थित गराई छलफल चलाइरहेको छ। कानुन बमोजिम प्रक्रिया चलाइरहेको अवस्थामा त्यसलाई प्रभावित पार्ने उदेश्यले विभिन्न गतिविधिहरु भाइरहेका छन्। कुनै बाधा नआयमा आवास योजनाले गुनासो अवधी सकियको लगत्तै अस्थाई पुर्जा वितरण प्रक्रिया अगाडि बढाउने तयारी रहेको आयोजना स्रोतले जानकारी दिएको छ।
नगरकोट सडक नजिक रहेका जग्गावालहरुको बढी चर्चा छ। २०२१ सालको नापिअनुसार नक्सा तयार भएपछि नगरकोट सडकको मापदण्डको लगत कट्टा भएको छैन। मापदण्डमा पुरै परेको र नपरेको जग्गाभित्रको जग्गावालहरु आफ्नो जग्गा सडक छोयको भन्दै योगदान त्यहीँ अनुसार हुनुपर्ने दाबी गर्दैछन। क( कसको छोयको र नछोयको त्यसको अध्ययन पछी सार्वजनिक हुने नै छ। भक्तपुर नगरपालिकाको भौतिक निर्माण गरिने प्लटहरु, सार्वजनिक बाटाहरु वा त्यस्ता बाटाहरु पुग्ने अन्य सहायक मार्गहरु सङग जोडिएको हुनुपर्छ। सो बाटो नापी नक्शामा जानिएको वा चलन चल्तीको हुनुपर्छ भन्ने छ।
अति आवश्यक सडकहरु साविक बमोजिम नै कायम छ। कासन जाने सडक, देकोचा जाने सडक यथावत छन।भित्रका केही सडकहरु हटाइ बेवस्थित बनाइएको छ। कुल १६५४ रोपनिभित्र आवास योजना सञ्चालित गरिएकोमा २८ वटा खुला छेत्र, घर तथा जग्गालाई थपेर दिने ४४ रोपनी, खुला छेत्र ७५ रोपनी, ३९७ रोपनी बाटो, बिक्री गर्ने ६१ रोपनी, नयाँ र पुरानो गरि २७ किमि सडक, ठाँउ अनुसार जग्गा योगदान कम बढी रहेको आयोजनाले सार्वजनिक सुचना प्रकाशीत गरि जानकारी दिई नै सकेको छ।
फिर्ता हुने जग्गाको गहिराई अनुसार योगदान थप घत हुने गरेको, सुबिधा अनुसार योगदान कतौति गरेको, पहिले नै बनिसकेको घरका आकार प्रकार फिर्ता गर्दा आकार प्रकारमा सामान्य फरक पर्न आएको योजना स्रोत बताउँछ।
पुर्वाग्राहिरुपमा जग्गा वितरण गरेको आरोप पनि नगरपालिकालाई लगाइएको छ। काम गर्ने क्रममा प्राविधिक त्रुटी आउने हुनाले सबै कुरा सत् प्रतिशत ठिक हुन्छ भन्ने हुदैन। मानवीय त्रुटी हुन गयेको छ भने त्यसलाई सच्याउन नसकिने होइन तर पुर्वाग्रहि आखाले नगरपालिकालाई हेर्नू गलत हो। सम्भब भयसम्म जग्गावालाहरुलाइ यथास्थानमा जग्गा फिर्ता गर्न नीति बनाइएको हो तर झन्डै ४०० रोपनी सडक र खुल्ला छेत्रसमेत गर्दा जग्गा केही पर धकेलिनु स्वोभाविक नै हो।
नेपाल सरकारले मापदण्ड बमोजिम न्युनतम ६ मिटरको सडक कायम गरिएको छ। नगरपालिकाका अनुसार अहिलेसम्म संघ, प्रदेशले आर्थिक अनुदान दिएको छैन। काठमाडौं उपत्यका विकास प्राधिकरणबाट रु. १० करोड ऋण र नगरपालिकाको स्रोत बाट नै आयोजना अगाडि बढिरहेको छ भने थप ऋणको लागि प्रक्रिया चलिरहेको छ। आयोजना जति ढिला हुन्छ त्यति नै लागत पनि बढी पर्न जान्छ। यथार्थ जग्गा धनी, मोहि र नगरपालिकाबीच आपसी समन्वयमा सबै पक्ष सिघ्र आयोजना सम्पन्न गर्ने तर्फ अगाडि बढनु बुद्धिमानी हुनेछ।
अन्य छेत्रमा जस्तै नगरपालिकाले आवास योजनामा पनि छुट्टै विशेषता कायम गर्दै आएको छ। देको( मिवा( इतापाके आवास योजना पनि देशको लागि हेर्न लायक, नमूना योजनाको रूपमा अगाडि बढने विश्वास छ ।(प्रशिक्षार्थी)