भोलिदेखि साखुमा नवदुर्गाको ‘ङालाकेगु’जात्रा 


पुष २०, २०८२, आइतबार | राति ०७:१९ बजे | 225


भोलिदेखि साखुमा नवदुर्गाको ‘ङालाकेगु’जात्रा 

नारायणमान बनमाला
विश्व प्रसिद्ध भक्तपुरको नवदुर्गाको ङालाकेगु जात्रालाई नेपालको सबभन्दा लामो समय सञ्चालन हुने जात्राको रूपमा लिइन्छ । भक्तपुरको नवदुर्गा मन्दिर भक्तपुर नगरपालिका वडा नं. ९ गछे“ टोलमा अवस्थित छ । भक्तपुरको नवदुर्गाको ङालाकेगु जात्रा भक्तपुर जिल्लामा मात्र सीमित नभई काठमाडौ“ र काभ्रे जिल्लामा पनि निरन्तर सञ्चालनमा रहेको छ । उजाजु (बनमाला) नेवार जातिका नेवार समुदायले निरन्तर रुपमा ङालाकेगु जात्रा सामूहिक भावना विकास गर्ने उद्देश्यकका साथ सञ्चालन गरि“दै आएको छ ।
नवदुर्गाको ङालाकेगु जात्रा भोलि पुस २१ गतेदेखि पुस २६ गतेसम्म सा“खु र चा“गुनारायणमा हुनेछ भने पुस ३० गतेदेखि भक्तपुर नगरमा सुरु हुनेछ । मानव समाजमा आधारित यस जात्रामा मानिसहरुको चालचलन, रितिरिवाज, परम्परा  पंच रंगिको महत्व, साकाहारी मांसाहारी पहिचान, खाना परिकारको महत्व, सरसफाई, शिक्षा, नारी क्रोध, नारी सुन्दरता, शिक्षा नारी प्रति कुदृष्टिको क्षेमा याचना, पंच रंगि धागो महत्व, कालो मोहनी टीका ग्रहणको महत्व, सहकार्यको शिक्षा, संस्कृति पहिचान, चेलिको दुखेसो, पंच बलिको रहस्य, मतिना नाचको महत्व, दाम्पत्य जिवनको भुमिका सम्बन्धि पारिवारिक विभिन्न आचार सम्बनधमा र व्यहारलाई जात्रामार्फत देखाउन खोजिएको छ । ङालाकेगु जात्रामा निम्न अनुसारका नाच, गतिविधि तथा जात्राहरू हुने गरिन्छ । ङालाकेगु जात्राहुने स्थानमा टोल परिक्रमा सकेपछि राति ङालाकेगु स्थानमा सम्पूर्ण देवगणहरूको खःप्याखं प्रदर्शनी हुने, मुःवाहाजात्रा र चाःप्याखं (रात्रिनाच) हुने गर्दछ । भोलिपल्ट बिहान बाराही प्याखं† सिम्हदुम्हको प्याखं तथा ङालाकेगु जात्रा हुन्छ । दिउ“सो महाकाली प्याखं† सा“झपख महाकाली र श्वेत भैरवको गातोकेगु प्याखं (खास्तो फुकाल्ने नाच) हुन्छ । त्यसपछि सिम्हदुम्ह र श्वेत भैरवको ना होलेगु प्याखं (पानी निकाल्ने नाच) स“गै श्वेत भैरवको ङालाकेगु जात्रा हुन्छ । ङालाकेगु जात्रा सकेपछि सिम्हदुम्ह र श्वेत भैरवको प्वास्याकेगु प्याखं (पेट दुखाउने नाच)†बालकुमारी (इन्द्रायणी) र श्वेत भैरवको मतिनाप्याखं (मायाको नाच)†सिम्हदुम्ह र श्वेत भैरवको वस हियेगु प्याखं (लुगाधुने नाच)†श्वेत भैरवको वस हियेगु प्याखं र अन्तमाश्वेत भैरवको प्याखं प्रदर्शनी गरिन्छ ।
यस वर्ष तिथिमितिअनुसार सा“खु र चा“गुनारायणमा ङालाकेगु जात्रा सम्पन्न भएपछि भक्तपुर नगरमा जात्रा सुरु हुने छ । पुस २१गते बिहान काठमाडौ“को सा“खुमानवदुर्गा प्रस्थानहुने र सा“झत्यहा“का टोलहरूको परिक्रमाहुनेछ । पुस २२गते बिहान सा“खु नगरको पश्चिमतर्फ रहेको चुगाउ“मा पेमा द्यो घुमाउने र सा“झतिर सा“खु नगरका टोलहरू परिक्रमा गरी शाखा टोलमाखःप्याखं हुने र मुःवाहां जात्राहुनेछ । पुस २३गते सोही टोलमा ङालाकेगु जात्रा सम्पन्न गरी सोही राति सा“खुकै क्वाख टोल परिक्रमा गरी खःप्याखं प्रदर्शन हुनेछ । पुस २४गते क्वाख टोलमा ङालाकेगु जात्रा सम्पन्न गरी पुस २५गते बिहान सा“खुबाट चा“गुनारायण मन्दिरतर्फ प्रस्थानहुनेछ । चा“गुनारायणमा बिहान टोल परिक्रमा गरी चा“गुनारायण मन्दिर परिसरमा खःप्याखं प्रदर्शनीतथामुःवाहाजात्राहुनेछ । पुस २६गते ङालाकेगु जात्रा सम्पन्न गरी रातिभक्तपुर फर्किने छ ।
भक्तपुर नगरपालिकाको २१ स्थानमानवदुर्गाको ङालाकेगु जात्राहुन्छ । भक्तपुर नगरपालिका वडा नं ९ सूर्यमढी (त्वचा) मा पुस ३०गते वापी पाछाकिगु जात्राबाट भक्तपुर नगरमा ङालाकेगु शुभारम्भ हुनेछ । माघ १ गते सा“झभक्तपुरको सूर्यमढी टोल परिक्रमा गरी राति सूर्यमढी डबली अगाडि खःप्याखं (नाच) प्रदर्शन हुने र च्याम्हासिंह क्षेत्रमामुःवाहाजात्राहुनेछ । माघ २ गते सूर्यमढीमै ङालाकेगु जात्राहुनेछ । माघ २ गते मध्यराति नै तचपाल टोल परिक्रमा गरी दत्तात्रयमन्दिर अगाडि खःप्याखं प्रदर्शन हुने र महेश्वरी पीठ पूर्व क्षेत्रमामुःवाहां जात्राहुनेछ । माघ ३ गते तचपालमा ङालाकेगु जात्राहुनेछ । सोही राति क्वाठण्डौ टोल परिक्रमा गरी खःप्याखं प्रदर्शनी र कमलविनायकपोखरी परिसरमा मुःवाहां जात्राहुनेछ । माघ ४ गते क्वाठण्डौ टोलमा ङालाकेगु जात्राहुनेछ । त्यस्तै, माघ ४गते गछे“ टोल परिक्रमा गरी गछे“ नारायण मन्दिर अगाडि खःप्याखं (नाच) प्रदर्शनीहुने र माघ ५गते ङालाकेगु जात्राहुनेछ ।
माघ १५गते बिहीबार दथु टोल परिक्रमा गरी दथु टोल चोकमाखःप्याखं प्रदर्शनीहुने र माघ १६गते ङालाकेगु जात्राहुनेछ । माघ १७गते शनिबार इनाचो टोल परिक्रमा गरी इनाचो स्व“गल्वह“ते खःप्याखं प्रदर्शन हुने र महेश्वरी खेल मैदानमामुःवाहाजात्राहुनेछ । माघ १८गते ङालाकेगु जात्रा सम्पन्नभएपश्चात् सोही रातिगोल्मढी टोल परिक्रमा गरी गोल्मढीमा खःप्याखं प्रदर्शनीतथा भेलुखेलमामुःवाहां जात्राहुनेछ । माघ १९गते गोल्मढीमा ङालाकेगु जात्राहुनेछ । माघ २०गते मड्डलबार याछे“ टोल परिक्रमा गरी याछे“ गणेश मन्दिर अगाडि खःप्याखं हुने र महाकालीस्थानख्यःपुखुचा क्षेत्रमामुःवाहां जात्राहुनेछ । माघ २१गते याछे“मा ङालाकेगु जात्रा सम्पन्न भएपछि रातिनवदुर्गा मन्दिरको चोकमाआरतीनाचहुनेछ ।
माघ२२गते बिहीबार बिहानभक्तपुर र काभ्रे जिल्लाको सिमानामा पर्ने सा“गानवदुर्गा देवगणहरू प्रस्थानहुने, सा“झ टोलहरू परिक्रमा गरी खःप्याखं प्रदर्शन हुनेछ र नारायणस्थानमा मुःवाहां जात्राहुनेछ । माघ २३गते ङालाकेगु जात्रा सम्पन्न भएपछि राति नै भक्तपुर फर्किने छ । माघ २४गते शनिबार टौमढी टोल परिक्रमा गरी भैरवनाथमन्दिर अगाडि खःप्याखं प्रदर्शन हुनेछ र माघ २५गते ङालाकेगु जात्राहुनेछ । सोही रातितालाक्व टोल परिक्रमा गरी खःप्याखं प्रदर्शनी गर्ने र सूर्यविनायक चोक क्षेत्रमामुःवाहां जात्राहुनेछ । माघ २६गते तालाक्वमा ङालाकेगु जात्रा गरिनेछ । माघ २७गते मड्डलबार नासमनान्हेस टोल परिक्रमा गरी रातिनासमनामाखःप्याखं प्रदर्शन गर्ने र बाराही पीठमा मुःवाहां जात्रा गर्नेछ । माघ २८गते नासमनामा ङालाकेगु जात्राहुनेछ । माघ२९गते गःहिटी टोल परिक्रमा गरी गःहिटीमा खःप्याखं प्रदर्शन गर्ने र ल्योसिंखेलमामुःवाहां जात्रा गरिनेछ । फागुन१गते गःहिटीमा ङालाकेगु जात्रा गरिनेछ । फागुन२गते शनिबार क्वाछे“ टोल परिक्रमा गरी क्वाछेमा खःप्याखं प्रदर्शन गर्ने र भगवतीस्थानमामुःवाहां जात्रा गरिनेछ । फागुन३गते क्वाछेमा ङालाकेगु जात्रा सम्पन्न भएपछि मन्दिर फर्किने र राति नै टिबुक्छे“तथाचासुखेल टोल परिक्रमा गर्न लाने, टिबुक्छे“मा खःप्याखं प्रदर्शन गर्ने र ल्योसिंखेल उत्तरतर्फ क्षेत्रमामुःवाहां जात्रा गरिनेछ । फागुन४गते टिबुक्छे“मा ङालाकेगु जात्रा सम्पन्न भएपछि नवदुर्गा मन्दिरको चोकमाआरतीनाचप्रदर्शन गरिनेछ । फागुन५गते बिलाछे“ भण्डारखाल टोल परिक्रमा गरी लाय्कु (दरबार स्क्वायर) मा खःप्याखं प्रदर्शन हुनेछ र फागुन६गते ङालाकेगु जात्राहुनेछ । फागुन७गते खौमा टोल परिक्रमा गरी खौमा प्रवेशद्वार अगाडि खःप्याखं प्रदर्शन हुनेछ र मिबा (भक्तपुर औद्योगिक क्षेत्र परिसर) मा मुःवाहां जात्राहुनेछ । फागुन८गते खौमामा ङालाकेगु जात्रा गरिनेछ । फागुन१२गते मड्डलबार इटाछे“ टोल परिक्रमा गरी इटाछे“च्वङा गणेश द्यःछे“ अगाडि खःप्याखं र फागुन१३गते ङालाकेगु जात्राहुनेछ ।
फागुन१५गते शुक्रबार बिहानकाभ्रे जिल्लाको नालामानवदुर्गा देवगणहरू प्रस्थानहुने छन् । नालापुगेपछि सा“झनालाका टोलहरू परिक्रमा गरिनेछ । फागुन१६गते नालाको लाय्कुमामुःवाहां जात्राहुनेछ, पुनः टोलहरू परिक्रमा गरी नालाभगवतीमन्दिर अगाडि रातिखःप्याखं प्रदर्शन गरिनेछ । फागुन१७गते नालामा ङालाकेगु जात्रा सम्पन्न गरी फागुन१८गते सोमबार बिहानधुलिखेल प्रस्थानहुनेछ । दिउ“सो धुलिखेलका टोलहरू परिक्रमा गरी रातितवली चोकमाखःप्याखं र फागुन१९गते ङालाकेगु जात्रा सम्पन्न गरिनेछ । ङालाकेगु जात्रा सकेपछि जात्राखेल चोकमामुःवाहां जात्राहुनेछ । त्यसपछि बिदाइपूजा गरी धुलिखेलमाहुने नवदुर्गाको सम्पूर्ण जात्रा सम्पन्न गरिन्छ । फागुन२०गते बिहाननवदुर्गा गण धुलिखेलबाट श्रीखण्डपुरमा प्रस्थानहुनेछ । त्यहा“बिहान गणेश, कुमार, सिम्ह, दुम्ह (प्यम्हाद्यो)÷(चार जना देवगण) को नाचप्रदर्शन हुनेछ । दिउ“सो चौकोट भन्ने स्थानमाप्यम्हाद्योको नाचप्रदर्शन गरी जात्रा सम्पन्न गरिन्छ । त्यसपछि श्रीखण्डपुरबाट भक्तपुर फर्किनेछ ।
पाहा“ चरे तिथिपछि भक्तपुरको बालाखु टोल, मातातीर्थ औ“सी तिथिमाकाभ्रेको बनेपा र पनौतीनगरपालिकामा ङालाकेगु जात्राहुने गर्छ । त्यसपछि भक्तपुरकै तुलाछे“ र चोछे“मा ङालाकेगु जात्रा हुन्छ । सितिनखाको आठ दिनपश्चात् भक्तपुर दरबार क्षेत्र इछु टोलमा यस वर्षको अन्तिम ङालाकेगु जात्रा गरिन्छ ।
(लेखक नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार हुनुहुन्छ ।)
 

Comments