सकियो नेक इन्ट्रा–कलेज फुटसल


पुष १९, २०८२, शनिबार | राति ०९:२० बजे | 165


सकियो नेक इन्ट्रा–कलेज फुटसल

काठमाडौं । नेपाल इन्जिनियरिंग कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरको ०२१ कम्प्युटर व्याचको आयोजनामा नेक इन्ट्रा–कलेज फुटसल प्रतियोगिता २०२६ शनिबार सम्पन्न भएको छ । खेलकुदमार्फत विद्यार्थीबीच आपसी सद्भाव, अनुशासन, टोली भावना र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको थियो ।
जनवरी २ र ३, २०२६ सम्म सञ्चालन भएको प्रतियोगिता मुलपानी पिपलबोटस्थित मुलपानी फुटसल ग्राउन्डमा आयोजना भएको थियो । प्रतियोगिताको उदघाटन समारोह शुक्रबार बिहान ७ः३० बजे भएको थियो ।
प्रतियोगितामा छात्रतर्फ १६ टिम र छात्रातर्फ २ टिम गरी जम्मा १८ टिम सहभागी थिए । आयोजकका अनुसार दुवै विधामा प्रतिस्पर्धा तीव्र रहेको थियो । सीमित टिम सहभागिताका कारण प्रतियोगिताप्रति कलेजका विद्यार्थीहरूमा उल्लेख्य उत्साह देखिएको थियो ।
प्रतियोगिताले कलेजस्तरीय खेलकुद संस्कृतिलाई थप सुदृढ बनाउनुका साथै नयाँ प्रतिभा पहिचानमा समेत सहयोग पु¥याउने विश्वास गरिएको छ । प्रतियोगितालाई व्यवस्थित, रोमाञ्चक र स्मरणीय बनाउने उद्देश्यका साथ सुरु भएको प्रतियोगिताको फाइनल शनिबार भएको थियो ।
 

Comments