ज्ञानमाला भजन खलःलाई सहभागी गराई ज्ञानमाला प्रस्तुत गराउने
पुष १९, २०८२, शनिबार | राति ०९:०६ बजे | 155
राष्ट्रिय ज्ञानमाला संघ, नेपालको तत्वावधान तथा ज्ञानमाला संघ, धर्मशीला बुद्ध विहार, नदिपुर पोखराको व्यवस्थापनमा पोखरामा यहीं २०८२ पुस २६, २७ र २८ गते हुन गइरहेको "एघारौं राष्ट्रिय ज्ञानमाला सम्मेलन"मा भक्तपुर जिल्ला उपसमितिको तर्फबाट २० वटा ज्ञानमाला भजन खलःलाई सहभागी गराई ज्ञानमाला प्रस्तुत गराउने व्यवस्था मिलाउने विषयमा अन्तिम तयारी बैठक मध्यपुर थिमि स्थित नगदेश बुद्ध बिहार, नगदेश ज्ञानमाला भजन खलः,महाँख्य, नगदेश म.थि.न.पा.वडा नं.७ मा सम्पन्न भयो । बैठक भक्तपुर जिल्ला उपसमितिका संयोजक गौतम बज्राचार्यको अध्यक्षतामा भएको सचिव कृष्णभक्त हाँय्जुले बैठक संचालन गर्नुभयो ।२० वटा भजन खलःका अध्यक्षहरूको उपस्थिति रहेकोमा, बौद्ध विद्वान तथा ७ नं. वडाध्यक्ष एवं सल्लाहकार कृष्णकुमार प्रजापति, केन्द्रीय सदस्य गणेशराम प्रजापति,सह-संयोजक तुल्सीकाजी मानन्धर लगायतले "एघारौं राष्ट्रिय ज्ञानमाला सम्मेलन" सफल पार्न आवश्यक सहयोग गर्नु पर्ने छलफल तथा "बाह्रौं राष्ट्रिय ज्ञानमाला सम्मेलन" भक्तपुरमा गर्नु बाजागाजा सहित पालो हस्तान्तरण गरि लिने विषयमा पनि छलफल भयो । सम्मेलनको लागि यहीं २०८२ पुस २५ गते जाने र पुस२९ गते फर्किने निर्णय भयो । बैठकमा सहभागीलाई नगदेश ज्ञानमाला भजन खलःका अध्यक्ष रत्नभक्त हाँय्जुले धन्यवाद दिनुभयो । बैठक सामुहिक पञ्चशील प्रार्थना गरि सुरु गरेर पुण्यानुमोदन गरेर सम्पन्न भएको थियोे ।
