कमलविनायकमा हाडजोर्नीको स्वास्थ्य शिविर
पुष १९, २०८२, शनिबार | साँझ ०५:५६ बजे | 100
भक्तपुर, १९ पुस । भक्तपुर नगरपालिका वडा नं १० को आयोजनामा हाडजोर्नीको स्वास्थ्य शिविर उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा शनिबार बेखाल शहरी स्वास्थ्य केन्द्रमा सम्पन्न भयो ।
प्रमुख अतिथि रजनी जोशीले जनताको आधारभूत आवश्यकतामा नगरपालिकाले प्रथामिकता दिँदै घरदैलो नर्सिङ्ग सेवा र स्वास्थ्य स्वयम् सेविकाहरुको प्रतिवेदनको आधारमा नगरबासीहरुलाई स्वस्थ्थ राख्न शिविरको आयोजना गरेको बताउँदै दीर्ध बाल मुटु रोगको स्वास्थ्य परिक्षण गरी निःशुल्क अपरेशन समेतको लागि व्यवस्थापन गरेको बताउनुभयो । उहाँले देशको लागि जनताले धेरै काम गर्न बाकि रहेकोले जनता सधै स्वस्थ्थ र फूर्तिलो बलियो भइरहनु पर्ने बताउँदै उच्च शिक्षाबाट कोहिपनि बञ्चित हुनु नपरोस भनेर शैक्षिक ऋणको समेत व्यवस्था गरेको बताउनुभयो । उहाँले जनतालाई स्वस्थ्थ बनाउने ठाउँ ठाउँमा कसरतको व्यायामका सामानहरु राखेको र छिकोन व्ययाम समेत प्रशिक्षण दिई रहेको बताउँदै आदर निकेटनको व्यवस्था र यसै वडामा शिशुस्याहार केन्द्र समेत निर्माण गरिरहेको बताउनुभयो ।
कार्यक्रममा सभपति लक्ष्मी प्रसाद ह्यौमिखाले नगरबासीहरुलाई रोगबाट मुक्त बनाउने स्वास्थ्य शिविर संचालन र रोगै लाग्न नदिन सरसफाई र कुहिने र नकुहिने छुट्याई संकलन गरिरहेको बताउँदै जसर सवारी साधन सर्भिसिङ्ग गरिरहन्छौं त्यस्तै गरी हाम्रो शरीरको पनि स्वास्थ्य परिक्षण गरिरहनु पर्ने बताउनुभयो । उहाँले विदेशि ऋणले विकास गर्नुभन्दा आफ्नै खुट्टामा उभिएर विकास गर्नुपर्ने बताउँदै विदेशी ऋण परव्यक्ति नब्बे हजार रुपैंया पुगिसकोले देश परनिर्भर हुँदै गएको बताउनुभयो ।
कार्यक्रममा डा.मनिष प्रधानाङ्ग, कृष्णनारायण डुमरु, लक्ष्मी प्रसाद चवालले पनि बोल्नु भएको थियो भने शिविरमा १५० जनाले सेवा लिनु भएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
.jpg)