ओलीले सत्ता कब्जा गर्न खोजेको ओरोपः जोशी


फाल्गुन ३, २०७७, सोमबार | विहान ११:४८ बजे | 20


भक्तपुर । भक्तपुरमा भएको विरोध सभामा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेर सत्ता कव्जा गर्न खोजेको आरोप लगाए ।

प्रधानमन्त्री केपी शर्मा ओली गत पुस ५ गते प्रतिनिधि सभा भंग गरेर असम्वैधानिक र अलोकतान्त्रिक कदम चालेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर सरकार विरुद्ध प्रर्दशन एवं विरोध सभा गरिरहेका छ । नेपाली कांग्रेसले आज देश भर जिल्ला जिल्लामा तेस्रो चरणको अन्तिम विरोध प्रदर्शन गरेका हुन ।
[[img2]]
नेकपा भित्रको आन्तरिक कलह केवल सत्ता प्राप्तीको लागि मात्रै भएको बताए । कम्युनिस्टहरु केवल सत्ता कब्जा गर्ने र निरंकुश शासन चलाउन खोज्ने खेलमा लागेका कारण मुलुक अहिले अन्धकारमा धकेलिएको बताए ।
नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको असंवैधानी र अलोकतान्त्रिक कदमको सूरु देखि विरोध गरिरहेको बताउदै अदलतले संसद भंग गर्ने निर्णयलाई सदर गरि दिए चुनावमा जान पनि तयार रहेको बताए । यदि अदालतले तार्किक कारण सहित संसद भंग भएको आदेश दिएमा बैशाख १७ र २७ गते को चुनाव गर्नैपर्ने बाध्यतामा प्रधानमन्त्री ओली रहेको  र चुनाव गराउन सकेन भने देशको लागि अर्को खतरा हुने उनको भनाई थियो ।

फाेटाेमा हेर्नुहाेस्...

Comments