भक्तपुरकी युवतीलाई वेच्ने २८ वर्षपछि पक्राउ
पुष १८, २०८२, शुक्रबार | साँझ ०४:५७ बजे | 170
भक्तपुर । २०५४ साल मंसिर महिनामा जाहेरवाली वर्ष १७ की भक्तपुर २७ (छ ८६) लाई जिल्ला ताप्लेजुङ थुम्बेदिन गा.वि.स. वडा नं. २ साविक ताप्लेजुङ पाथिभरा याङवरक गाउँपालिका घर भई ललितपुर उप महानगरपालिका वडा नं. ९ बालकुमारी बस्ने कमल खतिवडाले मनकामना गोरखा घुम्न जाउँ भनी विभिन्न प्रलोभन देखाई भारतमा लगी जिउ मास्ने बेच्ने कार्यमा लगाई फरार भएकोमा निज कमल खतिवडालाई २८ वर्ष पछि पक्राउ गरको छ । झापा विर्तामोड नगरपालिका वडा नं. १ बाट पक्राउ गरिएको प्रहरीले जनाएको हो । उनलाई शुक्रबार सम्मानित जिल्ला अदालत भक्तपुरमा पेश गरी दिन ५ (पाँच) म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
