भक्तपुरको मालपोत युवाहरुद्धारा घेराउ


फाल्गुन ३, २०७७, सोमबार | विहान ०८:१७ बजे | 40


भक्तपुर । नेपाल क्रान्तिकारी युवा संघ आवद्द युवाहरूले मालपोत कार्यालय भक्तपुर घेराउ गरेका छन् ।
मालपोत कार्यालयलगायत नापी भूमिसुधार कार्यालयमा भईरहेको भ्रष्टाचार तथा अनियमितता विरूदद युवाहरूले मालपोत कार्यालयमा धर्ना दिएका थिए ।
विभिन्न नारा लेखिएका प्लेकार्ड सहित पुगेका युवाहरूले चर्का चर्का नारा लगाएर भ्रष्टाचार अन्त्य हुनुपर्ने माग गरे ।
युवाको टीमलाई युवा अध्यक्ष मीनबहादुर बाटाले सम्बोधन गरेका थिए ।

Comments