नेपाल सम्वत् र शंखधर साख्वाः सार्वजनिक
पुष १५, २०८२, मङ्गलबार | राति ०९:३५ बजे | 160
मध्यपुर थिमि । नेपाल सम्वत् र शंखधर साख्वाः पुस्तक विमोचन गरिएको छ । बागमती प्रेदश प्रमुख दीपकप्रसाद देवकोटालयगायतले मंगलबार मध्यपुर थिमिमा एक कार्यक्रमवीच पुस्तकको सयुक्त विमोचन गरेका हुन् ।
कार्यक्रममा नेपालको पहिचान कायम गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै साख्वाको योगदानबारे चर्चा भएको थियो । गरिवको ऋण मोचन गरेको चर्चा गर्दै वक्ताहरुले शंखधर साख्वाको योगदानलाई भुल्न नहुने बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश प्रमुख देवकोटाले भाषा, कला, साहित्य प्रवर्दन गर्न बागमती प्रदेशले सहयोग गरेको जनाए । साथै उनले साख्वाबारे थप अनुसन्धानको आवश्यक रहेको पनि जनाए ।
कार्यत्रममा प्रमुख वक्ताका रुपमा मल्ल के सुन्दर र दीपक सुवेदी रहेका थिए । कार्यक्रममा आयोजक राष्टिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका पूर्व अध्यक्ष श्याम मानन्धरले स्वागत गरेका थिए । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठको सभापतित्वमा भएको थियो ।
