एभरेस्ट स्कुलमा निःशुल्क एक्स रे सेवा
पुष १२, २०८२, शनिबार | साँझ ०६:२८ बजे | 70
भक्तपुर । छाती रोग सम्वन्धी शनिबार भक्तपुरमा झण्डै दुई सय जनाको निःशुल्क एक्सरे परीक्षण गरिएको छ । राष्टिय क्षयरोग नियन्त्रण केन्द्र र जन्त्र नामक गैर सरकारी संस्थाको प्राविधिक सहयोग, लायन्स क्लव अफ भक्तपुर नमस्तेको सहकार्य तथा एभरेस्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा निःशुल्क एक्सरे भएको हो । त्यसका लागि एकजना चिकित्सक डाक्टर प्रमोद भटराईसहित तीनजना नर्सहरु, एकजना रेडियोग्राफरसहित दर्जन स्वयससेवकहरुले सेवा दिएका थिए ।
निःशुल्क एक्सरेमा स्थानीयबासी, स्कुलका शिक्षक कर्मचारीहरुलगायत अन्य विभिन्न ठाउँंहरुबाट सेवा लिन आएको लायन्स क्लव अफ भक्तपुर नमस्तेका अध्यक्ष लायन्स रोहन रञ्जितले जानकारी गराए । टोलमा टिभी संक्रमणको समस्या विकराल देखिएको आशंकामा सेवा दिन पुगेको उनले जनाए । परीक्षणपछि टिभीको शंका लागेकाहरुका लागि खकार संकलन पनि गरिएको थियो । पोजेटिभ देखिए उनीहरुलाई उपचारका लागि रिफर गरी पठाउने जनाइयो ।
