बाहुन र मगर समुदायका युवकयुवतीबीचको माया पिरतीमा आधारित ‘झ्याप्पै’ सार्वजनिक


पुष १०, २०८२, बिहीबार | विहान १०:१६ बजे | 235


बाहुन र मगर समुदायका युवकयुवतीबीचको माया पिरतीमा आधारित ‘झ्याप्पै’ सार्वजनिक

लोक तथा दोहोरी गायक बद्री पंगेनीले बाहुन र मगर समुदायका युवकयुवतीबीचको माया पिरतीमा आधारित ‘झ्याप्पै’ बोलको गीत सार्वजनिक गरेका छन् ।

‘यो गीतमा ब्राह्मण समुदायका युवक र मगर समुदायकी युवतीबीचको माया–प्रेमलाई दर्शाइएको छ,’ लोकगायक पंगेनीले भने, ‘यससँगै गीतमा पाल्पाको रामपुर नगरपालिका र निस्दी गाउँपालिकाका पर्यटकीय स्थललाई समेटेका छौं ।’ पंगेनीको जन्मघर पाल्पाको रामपुर हो ।

गीतमा लोकगायक पंगेनी र गायिका ज्योति मगरको आवाज रहेको छ । पंगेनीले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन् । गीतको शब्द संकलन नारायण ज्ञवालीको छ । संगीत भने गायक पंगेनीले नै भरेका छन् । गीतको म्युजिक भिडियोमा सुरेश कोहली, आरुशी मगरसँगै मिन सोमै मगर, हरि खनाल लगायतको अभिनय छ ।

प्रिज्म स्टुडियोबाट रेकर्ड गरिएको गीतको म्युजिक भिडियो निर्देशन गायक पंगेनीले नै गरेका छन् । गीतको एरेन्ज श्यामश्वत रसाइली र कोरियोग्राफी अवि वाग्लेले गरेका छन् । गायक पंगेनीले गीत, संगीतको निरन्तरता स्वरुप नयाँ गीत सार्वजनिक गरेको बताए ।

निस्दी गाउँपालिका र रामपुर नगरपालिका क्षेत्रको पर्यटकीय स्थलहरूको प्रवर्द्धनका लागि नयाँ ठाउँमा पुगेर भिडियो छायांकन गरिएको उनले बताए । गीतको भिडियोले पाल्पाको निस्दी गाउँपालिकाको झिरुवासस्थित काउले डाँडा, खादरका साथै गल्धाको पिपलभन्ज्याङ र रामपुर नगरपालिकाको तातोपानी, नगर गौशाखाला, कठान, राम मन्दिर लगायतका स्थानलाई समेटेको छ ।

फाेटाेमा हेर्नुहाेस्...

बाहुन र मगर समुदायका युवकयुवतीबीचको माया पिरतीमा आधारित ‘झ्याप्पै’ सार्वजनिक

Comments