नेपाल स्काउटद्धारा स्वागत तथा बधाई कार्यक्रम सम्पन्न
फाल्गुन २, २०७७, आइतबार | विहान ०२:४२ बजे | 25
भक्तपुर । जिल्ला स्काउट भवन भक्तपुर मा आयोजित एक समारोहमा नेपाल स्काउट ,बागमती प्रदेश तदर्थ समिति का नवनियुक्त संयोजक, सदस्य तथा सल्लाहकारहरुलाइ स्वागत तथा बधाई कार्यक्रम सम्पन्न भएको छ।
नवनियुक्त संयोजक केशरत्न शाक्य ,सदस्यहरु शिबराम अर्याल ,बिजयश्वरी अमात्य ,अच्युत प्रजापति ,शरण महर्जन लगायत सल्लाहकार हरुलाई निबर्तमान जिल्ला आयुक्त रामगोपाल कर्माचार्यले धाकाको खादा अर्पण गर्नुभयो । समारोहमा संयोजक शाक्यले देसको संविधान ,कानुन ले देशको शासकीय स्वरुप अनुसारको नेपाल स्काउटको संगठनात्मक स्वरुपमा परिवर्तन को आबश्यक भएकोले निकतभबिष्यमै निर्वाचन द्वारा स्थायी कमिटी गठनको लागि तदर्थ समिति गठन भएको स्पष्ट पार्नु भयो। सदस्य शिबराम अर्यालले देश काल परिस्थिति अनुसार नेपाल स्काउटले देशभरका बिद्यालय हरुमा स्काउटको पहुँच पु¥याउने कार्यक्रममा सबैको साथसहयोग कोलागि अनुरोध गर्नुभयो । जिल्ला का पुर्व समन्वय आयुक्त शिबकुमार त्वायनाले संचालन गरेको उक्त कार्यक्रममा प्रदेश सदस्य अच्युत प्रजापतिले स्वागत मन्तब्य राख्नुभएको थियोे ।कार्यक्रम पछि सहभागी र प्रदेश पदाधिकारी बिच समसामयिक अन्तरक्रिया भएको थियोे ।