परमेश्वरको मण्डली भक्तपुरमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न


पुष ७, २०८२, सोमबार | साँझ ०५:२७ बजे | 1315


परमेश्वरको मण्डली भक्तपुरमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न

५७,५,५० एमएल स्वस्थ रगत रक्तदान

भक्तपुर पुष,७ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आज भक्तपुर परमेश्वरको मण्डलीमा ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम विश्वव्यापी रक्तदान कार्यक्रम’ आयोजना गरी छिमेकीहरूमाझ जीवन बाँड्ने कार्य सम्पन्न गरेको छ ।    रक्तदान कार्यक्रममा परमेश्वरको मण्डलीका विश्वासीहरू लगायत उनीहरूका परिवारहरू र छिमेकीहरू गरी करीब १५१ जना सहभागी रहेका थिए । “छिमेकीहरूको स्वस्थ दैनिक जीवन सुचारु होस् भन्ने आशा लिएर सहभागी भएको हुँ” भन्दै कार्यक्रममा सहभागी भएकाहरूले रक्तदान गरेका थिए। । रक्तदान कार्यक्रममा कुल ७३ जना पुरुष र ७८ जना महिलाले सफलतापूर्वक ५७,५,५० एमएल स्वस्थ रक्तदान गरेका थिए।    परमेश्वरको मण्डलीका अधिकारीले भने, “निस्तार-चाडद्वारा मुक्ति दिनुभएका येशू ख्रीष्टको बलिदान र प्रेमको सम्झनामा सन्तहरूले आफ्ना छिमेकीहरूमाझ प्रेमको हात बढाएका छन् । रगतको खाँचो परेका सबैले सुरक्षित र स्वस्थ रगत प्राप्त गरी खुशी जीवन बिताउन सकून् भन्ने आशा गर्दछौं ।”   नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले स्वास्थ्यकर्मी, रक्तदान उपकरण उपलब्ध गराउँदै कार्यक्रममा समर्थन जनाएको थियो । त्यसैगरी कार्यक्रममा चागुनारायण नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा रक्त संचार केन्द्र भक्तपुरका संयोजक सोम प्रसाद प्रधानले परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले भक्तपुरमा लामो समयदेखी रक्तदान र सरसफाइ जस्ता स्वयंसेवाको गतिविधिहरु निरन्तर गर्दै आएकोमा धन्यवाद दिदै आगामी दिनहरुमा पनि परमेश्वरको मण्डलीसंग सहकार्य गर्दै कार्यक्रमलाई निरन्तरता दिन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउदै धन्यवाद व्यक्त गर्नुभएको थियो ।   कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका मन्त्री धर्मराज कार्कि, क्रियाशिल पत्रकार मन्चका अध्यक्ष रमेश गिरि, परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका सचिव बोल बहादुर मगर, उपाध्यक्ष सुवर्ण मुनिकार, इन्टनेशनल यु लव यु फाउन्डेसन नेपालका उपाध्यक्ष हिरा कुमार राना मगरको उपस्थिति रहेको थियो । रक्तदानमा सहभागी  मण्डलीका सदस्यहरुले खुशी व्यक्त गर्दै रक्तदान जस्तो स्वयंसेवाको कार्यमा सहभागी हुन पाउँदा खुशी व्यक्त गर्नुभएको थियो ।  त्यसैगरी सहभागीहरुले छिमेकीहरूलाई सधैँ समर्थन गर्ने कुरा बताउनुभयो ।   ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम रक्तदान कार्यक्रम’चाहिँ परमेश्वरको मण्डलीद्वारा विश्वव्यापी रूपमा आयोजना हुने जीवन बाँड्ने गतिविधि हो । ‘विपत्ति पार भएर जान्छ’ भन्ने अर्थ बोकेको निस्तार-चाड, येशू ख्रीष्टले क्रूसमा बलिदान गर्नुभन्दा अघिल्लो दिन आफ्नो देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यद्वारा नयाँ करार स्थापना गर्नुभएर अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको दिन हो । मण्डलीले सन् २००५ कोरियाबाट सुरु गरेर गत २० वर्षदेखि ६७ वटा देशहरूमा रक्तदान अभियान सञ्चालन गरिरहेको छ । हालसम्म ३,०९,९४८ जना सहभागी भएका छन्, र १,३३,४६९ जनाले रक्तदान गरेका छन् (नोभेम्बरसम्म) । सामान्यतः १ जनाको रक्तदानले ३ जनाको जीवन बचाउन सकिन्छ, यस परिप्रेक्ष्यबाट हेर्दा, यसलाई ४ लाख मानिसहरूको अमूल्य जीवन बचाउन सफल उपलब्धि मान्न सकिन्छ ।   ख्रीष्टको प्रेमको उदाहरणलाई पछ्याउँदै परमेश्वरको मण्डलीले छिमेकी तथा समाजको भलाइको निम्ति विभिन्न गतिविधिहरू आयोजना गरिरहेको छ । मण्डलीले भक्तपुर लगायत काठमाडौँ, ललितपुर, भरतपुर र नेपालगञ्ज क्षेत्रका वन, खोला तथा सहरहरूमा सरसफाइ गतिविधिहरू गरेर जनकल्याण प्रवर्धनमा योगदान पुऱ्याएको छ । त्यसै गरी कार्बन उत्सर्जन कम गर्ने पहल ‘आशाको वन’ अभियानमार्फत जैविक विविधताको संरक्षण गर्न मण्डलीले नेपालभरि करीब १,१५० वटा वृक्षहरू रोपेको छ । गत जून महिनासम्म, नेपालमा मात्र ९५८ वटा विभिन्न स्वयंसेवा गतिविधिहरूमा ५७,४३७ जना सहभागी भएका थिए, र मण्डलीले ललितपुर र टोखाका मेयरबाट प्रशंसा-पत्र र नेपाल रेडक्रसका अध्यक्षबाट प्रशंसा पट्टिका जस्ता पुरस्कारहरू प्राप्त गरेको छ ।   विश्वका १७५ वटा देशका ७,८०० भन्दा बढी ठाउँहरूमा स्थापित परमेश्वरको मण्डलीले बाइबलले गवाही दिएको पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ । “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर” भन्ने ख्रीष्टको शिक्षालाई पछ्याउँदै परमेश्वरको मण्डलीले वातावरण संरक्षण, रक्तदान, प्रकोप राहत, शैक्षिक सहयोग, सांस्कृतिक आदानप्रदान कार्यक्रम जस्ता सामाजिक योगदानका गतिविधिहरू विश्वभरि ४४,००० भन्दा बढी आयोजना गरिसकेको छ । यस्तो समर्पित प्रयासका लागि, मण्डलीलाई तीन वटा अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, तीन वटा दक्षिण कोरियाली राष्ट्रपति अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाबाट सम्मान पदक र देशकै सर्वोत्कृष्ट वातावरण अवार्ड र ब्राजिल विधायिकी योग्यता पदक गरी ५,४०० वटाभन्दा अवार्डद्वारा सम्मानित गरिएको छ ।

Comments