‘को म्हेन्दो पोङ्री’ बोलको गीत टिकटकमा खुबै भाइरल
पुष ७, २०८२, सोमबार | साँझ ०४:४९ बजे | 360
काठमाडौं । ‘को म्हेन्दो पोङ्री’ बोलको गीत टिकटकमा खुबै भाइरल भइरहेको छ । यस गीतमा धेरै टिकटक प्रयोगकर्ताले भिडियो बनाएका छन् । गीतलाई धेरैले रुचाएका पनि छन् ।
चर्चित सेलो गायक विश्व दोङ र गयिका जितु लोप्चनको स्वर रहेको गीतको अफिसियल भिडियो सार्वजनिक भएको थिएन । शुक्रबार यस गीतको अफिसियल भिडियो डम्फु मिडियाबाट सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा तामाङ समुदायका महानायक अमिर दोङ र अम्बिका तामाङको अभिनय छ ।
प्रेम भाव, तामाङ चलन चल्ती बारे भिडियोको मुख्य विषयबस्तु बनाइएको छ । ताम्सालिङ मान्बा मोक्तानको शब्द तथा रेन्जिन तामाङको संगीत रहेको यस गीतको भिडियोलाई प्रतिक ङ्यास्युरले निर्देशन गरेका छन् । त्रिलोक लामाले खिचेको भिडियोलाई त्रिलोकले नै सम्पादन तथा कलर गरेका छन् ।
फाेटाेमा हेर्नुहाेस्...
