बी एण्ड बी अस्पताल र कोरियन एसोसिएशनसँग समझदारीपत्रमा हस्ताक्षर


पुष ५, २०८२, शनिबार | राति ०७:४४ बजे | 225


बी एण्ड बी अस्पताल र कोरियन एसोसिएशनसँग समझदारीपत्रमा हस्ताक्षर

जयराम बिडारी

पुष ५ , काठमाण्डौ

स्वास्थ्य सेवा सुदृढिकरणका लागि बी एण्ड बी अस्पताल र कोरियन एसोसिएशनसँग समझदारीपत्र MOU मा हस्ताक्षर सम्पन्न गरिएको छ । अत्याधुनिक प्रविधि र अनुभवी स्वास्थ्यकर्मीको टोली र गुणस्तरिय सेवा प्रदान गर्दै आएको बी एण्ड बी अस्पतालका वरिष्ठ प्रतिनिधि र कोरिया गणतन्त्रका राजदूत पार्क ते यङको उपस्थितिमा ग्वार्को स्थित अस्पतालमा विशेष कार्यक्रमका बीच समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । समझदारी अनुसार नेपालमा बसोबास गरिरहेका कोरियन समुदाय तथा तीनका परिवारजनमा गुणस्तरिय स्वास्थ्य सेवा सहज रुपमा पुर्याउने उद्धेश्य निहित रहेको बताइएको छ । सम्झौता अनुसार स्वास्थ्य सचेचना कार्यक्रम, ओपिडी सेवा ,भर्ना,इमेरजेन्सी सुविधा तथा रोग डायग्नोस्टिक सेवामा सहज पहुँचमा सुविधा सहित समग्र सेवा प्रदान गरिने जनाइएको छ । कार्यक्रममा बी एण्ड बी अस्पतालका प्रतिनिधि र कोरियन एसोसिएशनका अध्यक्ष चा सुङ वोनले हस्ताक्षर गरेका थिए । सो समारोहमा बोल्दै अस्पतालका सञ्चालक प्रा.डा. जगदीशलाल बैद्यले वर्तमान अवस्थामा महंगो हुँदै गइरहेको चिकित्सालाई बी एण्ड बी अस्पतालले आधुनिक प्रविधि र दक्ष जनशक्तिको माध्यमबाट प्रभावकारी सेवा दिँदै नेपाली समाजमा सर्व सुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताए । उनले नेपालमा बसोबास गरिरहेका कोरियन समुदायलाई स्वास्थ्य सेवासँगै कोरियन समुदायसँगको सम्बन्धलाई मजबुत बनाउने यस प्रकारका पहल गर्न पाउनु सुखद र उपलब्धिमुलक हुने बताउँदै आपसी सम्बन्ध मजबुत हुने विश्वास व्यक्त गरे । यसैगरी अस्पतालका अर्का सञ्चालक प्रा. डा. अशोक बासकोटाले प्राइभेट रुपमा खोलिएको अस्पताल भएर पनि कतिपय दिनहिन बिरामीहरुका लागि निःशुल्क सेवा प्रदान गरेर तीनको जीवन बचाउन पाएकोमा सन्तोष लाग्ने गरेको बताउँदै जनमानसमा महंगो स्वास्थ्य सेवाका गुनासाहरुलाई चिर्न सकिएको बताए । आफुहरुले बेला मौकामा सामाजिक उत्तरदायित्वको भूमिका अनुसार करोडौं मूल्य बराबरको स्वास्थ्य सामग्री सरकारी अस्पताललाई दान दिएर सामाजिक उत्तरदायित्व निभाइरहेको र भविष्यमा समेत त्यस्तै सामाजिक कार्यमाा लागिरहने समेत बताए । यसैगरी नेपालमा रहेका विविध समुदायलाई पुर्याईरहेको स्वास्थ्य सेवालाई अवका दिनमा औपचारिक रुपमा कोरियन समुदायबीच गुणस्तरिय सेवा नपुर्याउन पाउँदा खुशी लागेको बताए । सो हस्ताक्षर समारोहमा कोरियन एसोसिएशनका अध्यक्ष चा सुङ वोनले अस्पताल परिवार तथा आफ्ना कोरियन समुदाय बीच औपचारिक सम्झौता भएकोमा खुशी व्यक्त गर्दै नेपाली जनसमुदायमा चीर परिचित बी एण्ड बी अस्पतालको प्रभावकारी र विश्वसनीय नाम र गुणस्तरिय सेवाले कोरियन समुदाय पनि लाभान्वित हुने विश्वास व्यक्त गरे । कार्यक्रममा अस्पताल परिवारको तर्फबाट कोरियन राजदूत पार्क ते यङ र एसोसिएशनका अध्यक्ष चा सुङ वोनलाई मयाको चिनो प्रदान गरिएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

बी एण्ड बी अस्पताल र कोरियन एसोसिएशनसँग समझदारीपत्रमा हस्ताक्षर

Comments