आज चौरीदेउरालको मादनमा २८५७ औं लाङ ल्होछार कार्यक्रम हुने


फाल्गुन १, २०७७, शनिबार | विहान ०१:३८ बजे | 25


काभ्रे । चौरीदेउराल गाउँंपालिकाको आयोजनामा २८५७ औं लाङ (म्हें) सोनाम ल्होछारको अवसरमा ल्होाछार साँंस्कृतिक कार्यक्रम हुने भएको छ । फागुन १ गते चौरीदेउराल ७ मादनमा हुने सो कार्यक्रममा राष्टिय चर्चित कलाकारहरु र स्थानीय कलाकारहरुको विशेष प्रस्तुति रहने गाउँंपालिकाका प्रशाशकीय अधिकृत महानदास लामाले बताए ।
आफनो भाषा, धर्म र संस्कृतिको जगेर्ना गरौं, २८५७ औं (म्हे ल्होछार) सफल पारौ भन्ने मुल नाराका साथ तामाङ समुदायका राष्टिय पर्व सोनाम ल्होछारमा समाजका विभिन्न तहतप्काका वुद्धिजीवी, व्यापारी, व्यवसायी, समाजसेवीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

Comments