३३ जनाले स्थापना गरेको संस्था अहिले १२०० जना भन्दा बढी सदस्य


मंसिर २८, २०८२, आइतबार | साँझ ०६:१३ बजे | 80


३३ जनाले स्थापना गरेको संस्था अहिले १२०० जना भन्दा बढी सदस्य

भक्तपुर, २८ मंसिर । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को १९ आैं स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रमको शुभारम्भ कार्यक्रम अध्यक्ष कृष्ण राम कासिछ्वाको सभापतित्वमा आइतबार च्याम्हासिंहमा सम्पन्न भयो ।

कार्यक्रममा सल्लाहकार रामकृष्ण प्रजापतिले स्थापना दिवस मनाउनुको अर्थ संस्थाको प्रगति र राम्रो पक्ष बारे सदस्य र समुदायलाई जानकारी दिइ संस्था स्थपना इतिहास र संघर्षबारे नयाँ सदस्यहरू प्रशिक्षित हुने बताउँदै अरु सहकारी र गुरुगणेश संस्था बारे फरक थाहा पाउने बताउनु भयो । उहाँले ३३ जनाले स्थापना गरेको संस्था अहिले १२०० जना भन्दा बढी सदस्य र १२ करोडभन्दा बढी कारोबार पुर्‍याउन योगदान गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो । उहाँले समुदायमा आधारित सहकारिले सामाजिक दायित्व अन्तर्गत कसैको जीवन बचाउने रक्तदान कार्यक्रम गरेको  बताउनुभयो । 

कार्यक्रममा सभापति एवम् संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाले स्थापना दिवसको अवसरमा सप्ताह व्यापी नि:शुल्क सदस्यता वितरण र पुस ५ गते अन्तर सदस्य कसिमलापाँय् प्रतियोगिता गर्ने बताउनुभयो ।

कार्यक्रम सचिव सत्यराम ज्ञामरुले संचालन गर्नुभएको थियो भने महिला ६ र पुरुष २० गरि २६ जनाले रक्तदान गरेको प्रबन्धक गाैतम कुटुवाले बताउनुभयो ।

Comments