पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परिक्षण


मंसिर २७, २०८२, शनिबार | राति ०७:०७ बजे | 335


पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परिक्षण

पूर्ण के. मानन्धर,
मध्यपुर- थिमि । 'मानन्धर युवा समूह' को आयोजनामा "नेपाल अष्ट्रेलियन सर्भाईकल क्यान्सर फाउण्डेसन (NACCF)" र नेपाल अर्बुद रोग निवारण संस्था(NCRS) काभ्रे शाखाको प्राविधिक सहयोगमा "पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परिक्षण एवं राेकथाम कार्यक्रम" मध्यपुर थिमि -५, चाेडे टाेल स्थित पसाचह्रे गुठी सा: मा सम्पन्न भएकाे छ ।
बिहान ९ बजे देखि सुरु भएकाे यस कार्यक्रममा जम्मा ४७ जना महिलाहरूलेआफ्नाे स्वास्थ्य जाँच गराए । डा. कस्तुरी मल्लकाे प्रतिनिधित्वमा सम्पन्न यस कार्यक्रमलाई सफल गरिदिनुहुने "नेपाल अष्ट्रेलियन सर्भाईकल क्यान्सर फाउण्डेसन (NACCF)" र "नेपाल अर्बुद रोग निवारण संस्था(NCRS)" काभ्रे शाखा, एवं स्वास्थ्यकर्मी द्वय नितु मानन्धर र निलिसा मानन्धर लाई आयाेजककाे तर्फबाट समुहका संस्थापक अध्यक्ष एवं यस कार्यक्रमका संयाेजक उत्तम मानन्धरले धन्यवाद दिए भने, प्रशंसा पत्र तथा मायाकाे चिनाे, समुहका अध्यक्ष सुजन मानन्धरले वितरण गरे ।

Comments