वस्नेतको कोठाबाट चोरी गर्ने १० जना पक्राउ
मंसिर २७, २०८२, शनिबार | विहान ०८:०८ बजे | 100
भक्तपुर । भक्तपुर प्रहरीले चोरी कार्यमा संलग्न १० जना चोरहरुलाई दसी प्रमाण सहित नियन्त्रणमा लिएको छ । मध्यपुर ठिमी नगरपालिका वडा नं. १ मनोहरा फाँटस्थित गंगा बस्नेतको डेराकोठामा चोरी गर्नेहरुलाई प्रमाण सहित पक्राउ गरी चोरी मुद्धामा थप अनुसन्धान कार्य थालेको छ ।
पक्राउ परेका विशाल विश्वकर्माको न्यू क्रिस्टिना ज्वेलर्स जडिबुटीबाट तौल ०।८०४ तोलाको गालीएको सुनको ढिक्का थान १, दिपक गहतराजको रोयल खोटाङ ज्वेलर्स जडिबुटीबाट ०।८०३३ तोलाको गालिएको सुनको ढिक्का थान १ र सरस्वती पुरीको डेराकोठाबाट तौल २९ लालको सुनको तिलहरी थान १ बरामद गरेको थियो । यसैवीच सरोज राईको कोठाबाट कालो प्लाष्टिक जस्तोमा सुनको पाँचओटा धातु जडित बाला तौल गर्दा ०।७४१ तोला भएको थान १, चाँदीको पाउजु जम्मा तौल ६।१७७ तोला भएको १ जोर, जम्मा तौल २।०३२ तोला भएको चाँदीको सादा कल्ली १ जोर, जम्मा तौल १।९५३ तोला भएको चाँदीको बटारेको कल्ली १ जोर बरामद गरेको भक्तपुर प्रहरीका सूचना अधिकारी प्रकाश जवेजुले जनाएको छ ।
पक्राउ परको मानिसहरु
१ रामेछाप जिल्ला साविक फुलासी गा।बि।स।वडा नं।३ परीवर्तित मन्थली नगरपालिका वडा नं।१३ फुलाँसीपोखरी वतन भएका बर्ष २० को आशिष के।सी। ।
२, काभ्रेपलाञ्चोक जिल्ला धुलीखेल न।पा।वडा नं।८ खड्कागाँऊ वतन भएका बर्ष २२ को सरोज भुजेल ।
३, उदयपुर जिल्ला साविक तपेश्वरी गा।बि।स।वडा नं।९ बाट बसाईसराई गरी हाल सुनसरी जिल्ला इटहरी उप(महानगरपालिका वडा नं। १४ गोइसार आर्मिप्लटिङ वतन भएका वर्ष ३० को दिपक गहतराज ।
४, मोरङ जिल्ला साविक शनिश्चरे गा।बि।स।वडा नं।४ परीवर्तित पथरी शनिश्चरे नगरपालिका वडा नं।८ मितेरीचोक वतन भएको बर्ष ३५ को विशाल विश्वकर्मा ।
५, सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं।१२ सरथोक वतन भएकी बर्ष ३८ कि सरस्वती पुरी ।
६, भोजपुर जिल्ला साल्पा सिलिचोक गाउँपालिका वडा नं।३ चौकीडाँडा वतन भएका बर्ष ३१ को सरोज राई ।
७, भक्तपुर जिल्ला साविक कटुञ्जे गा।बि।स।वडा नं।६ परीवर्तित सूर्यविनायक नगरपालिका वडा नं। ५ कटुन्जे हो तर हाल उक्त स्थानको घर बिक्री गरी भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं।२ दुवाकोटमा स्थायी बसोबास गर्ने बर्ष ३१ को सुजन दाहाल ।
८, आधार कार्ड नम्बर ५४५५ ७५०३ ४४५५ भएका बर्ष ३७ को सुबरत मेटिया (क्गदचबतब ःभतष्ब) ।
९, सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं.७ पानीट्याङ्की वतन भएका बर्ष २५ को सुमन दर्नाल ।
१०, ओखलढुङ्गा जिल्ला लिखु गाउपालिका वडा नं।३ सत्लुङ वतन भएका बर्ष २३ को सुवाश विश्वकर्मा पक्राउ परेको सूचना अधिकारी प्रकाश जबेजुले जनाएको छ ।
