६९ जना विरामीहरुको  निःशुल्क सल्यक्रिया


मंसिर २५, २०८२, बिहीबार | साँझ ०५:१७ बजे | 200


६९ जना विरामीहरुको  निःशुल्क सल्यक्रिया

तेमाल गाउँपालिका र नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, ख्वप तिलगंगा आँखा अस्पताल भक्तपुरको संयुक्त आयोजना तथा Cure Blindness Project को सहयोगमा मंसिर २४ र २५ गते मोतिबिन्दु तथा अन्य रोगका बिरामीहरूको लागि निःशुल्क सल्यक्रिया शिविर सम्पन्न  गरिएको छ

सो शिविरमा ६३ जना मोतिबिन्दुका बिरामी र छ जना आँखामा मासु पलाएका बिरामीहरू गरी जम्मा ६९ जना विरामीहरुको  निःशुल्क सल्यक्रिया गरिएको छ शल्यक्रिया पोखरी नारायण स्थान स्वास्थ्य चौकी तेमालमा गरिएको हो। नेपाल आँखा कार्यक्रम ख्वप तिलगंगा आँखा अस्पतालका प्रमुख डाक्टर सुदीप राज भण्डारीज्यूको नेतृत्वमा भएको हो। शल्यक्रिया गरिएका सम्पूर्ण ६९ जना बिरामीहरूलाई आवश्यक पर्ने औषधि, कालो चस्मा र आबस्यक सामग्री सहित पुन एक सातामा पोखरी नारायणस्थान मा अवस्थित तिमाल ग्रामीण आँखा केन्द्रमा फलोअप आउनको लागि  जानकारी गराइएको छ।
सल्यक्रिया शिविरमा ४४ वर्षदेखि  ८८ वर्षसम्मका उमेर समूह ले सेवा लिएका छन् ।

फाेटाेमा हेर्नुहाेस्...

६९ जना विरामीहरुको  निःशुल्क सल्यक्रिया

Comments