मैच्याङ रैछ एक नम्बर सार्वजनिक


मंसिर २३, २०८२, मङ्गलबार | विहान ११:१९ बजे | 65


मैच्याङ रैछ एक नम्बर सार्वजनिक

काठमाडौं । लामो समयदेखि निरन्तर सांगीतिक यात्रामा अघि बढिरहेका प्रतिभाशाली युवा गायक अविषेक तामाङले आफ्नो नयाँ अडियो गीत ‘मैच्याङ रैछ एक नम्बर’ सार्वजनिक गरेका छन्।गायक अभिषेक तामाङ गायिका स्मिता प्रधानसँगको सुमधुर युगल स्वरमा सजिएको यो गीतले बजारमा सार्वजनिक भएको गीतले श्रोताको ध्यान तान्न सक्ने अनुमान गरिएको छ।

गीतले लोक–आधुनिक शैलीको आकर्षक मेलोडीमार्फत नयाँ पुस्तादेखि पुराना संगीतप्रेमीसम्म सबैलाई जोड्ने प्रयास गरेको छ। अविषेक तामाङको मधुर आवाज र स्मिता प्रधानको स्पष्ट, मृदु स्वरले गीतलाई झनै जीवन्त बनाएको छ। दुवै कलाकारको आवाजले गीतमा भावनात्मक गहिराइ र श्रुतिमधुरता समाहित गरेको अनुभव हुन्छ।

गीतका शब्द चर्चित गीतकार कुमार स्याङ्बाले लेखेका छन्, जसले सरल तर अर्थपूर्ण अभिव्यक्तिहरूमार्फत गीतलाई सहजै हृदयमा बस्ने बनाएका छन्। तामाङ समुदायको वरिष्ठ गायक तथा संगीतकार
संगीत चन्द्रकुमार दोङ को छ, जसले गीतमा आधुनिकता र मौलिकतालाई सन्तुलन गर्दै सुन्नासाथ तन–मन दुवै झन् रमाउने धुन सिर्जना गरेका छन्। एरेन्जर फनिन्द्र राई को सशक्त एरेञ्जले गीतलाई प्राविधिक रूपमा थप आकर्षक बनाएको छ।

डिपेस प्रधान ले मिक्स–मास्टरिङ सम्हालेका छन्। ध्वनि गुणस्तर सुगठित र पेशेवर स्तरको रहेको छ, जसले गीतलाई प्रत्यक्ष रूपमा भावनात्मक अनुभूति दिन सक्षम बनाउँछ। गीत डीप स्टुडियो मा रेकर्ड गरिएको हो।
गीतको सार्वजनिक पोस्ट–प्रोडक्सन तथा डिजिटल व्यवस्थापन स्वयं अभिषेक तामाङले गरेका छन्, जसले गीतलाई दर्शक–श्रोतासम्म सहज र प्रभावकारी रूपमा पुर्‍याएको छ।

‘मैच्याङ रैछ एक नम्बर’ अहिले अविषेक तामाङको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। गीतले परम्परागत स्वादलाई समेट्दै आधुनिक स्पर्श दिएको भएकाले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ— धेरैले गीतलाई “सुरिलो”, “सन्तुलित एरेञ्ज”, “दमदार जोडीको आवाज” भनेर प्रशंसा गरिरहेका छन्।

युवा गायक अविषेक तामाङको हालसम्म थुप्रै नेपाली पप, तामाङ गीतमार्फत चर्चामा छन्। उनको निरन्तरता, अनुशासन र संगीतप्रति समर्पणले उनलाई नयाँ पुस्ताका आशालाग्दा गायकमध्ये स्थिर स्थान दिलाइरहेको छ।
गायिका स्मिता प्रधानको सहभागिताले यस गीतलाई अझै उज्यालो बनाएको अनुभव श्रोताहरू अभिव्यक्त गरिरहेका छन्।

संगीतप्रेमीहरूले ‘मैच्याङ रैछ एक नम्बर’ सुनेर कलाकारहरूको नयाँ प्रयासलाई सहयोग र हौसला प्रदान गरिरहेका छन्।

गीत सुन्नुहोस्— अविषेक तामाङको अफिसियल च्यानलमा उपलब्ध छ।

Comments