एभरेस्ट उपत्यकाव्यापी बास्केटबलः भोलिदेखि सेमिफाइनल म्याच 


मंसिर २१, २०८२, आइतबार | राति ०८:०३ बजे | 65


एभरेस्ट उपत्यकाव्यापी बास्केटबलः भोलिदेखि सेमिफाइनल म्याच 

भक्तपुर । विहीबारदेखि भक्तपुरमा सुरु भएको नवौं एभरेस्ट उपत्यकाव्यापी बास्केटबल प्रतियोगिता भोलिदेखि सेमिफाइनलका खेलहरु सुरु हुने भएको छ । भोलि विहान ९ः४० देखि साँंझसम्म प्रतियोगिताहरु हुने छन् । यस अनुसार आठ वटा गेमहरु हुने छन् । 
एभरेस्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा भएको प्रतियोगिता मंसिर २४ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
प्रतियोगिता सिनियर व्याइज, जुनियर व्याइज, सिनियर गल्र्स र जुनियर गल्र्स गरी चार विधामा छन् । प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न २७ वटा स्कुलहरुबाट ४४ वटा टिमहरु गरी कुल ५२८ जना विद्यार्थी सहभागी भइरहेका छन् ।
 

Comments