रजनी जोशी, उपप्रमुख—भक्तपुर नगरपालिका


आज हामीले देशकै लागि अति आवश्यक एवं महत्वपूर्ण उपचार सेवाको शुभारम्भ यसै सेवाकै लागि निर्माण गरिएको भवनबाट गर्दैछौं । यो हामी भक्तपुरवासीहरुको लागि गौरवको विषय हो । हुन त यो एक वर्ष अघि नै संचालन गर्ने योजना भए तापनि कोरोना भाइरसको कारणले गर्न असमर्थ भयौं तथापि ढिलै भएपनि आज हामीले हाम्रा श्वास प्रश्वासमा समस्या भएका हाम्रा नगरवासीहरुको सेवा गर्ने अवसर पायौं र यस सेवालाई हामीले निरन्तर अघि बढाउने विश्वास दिलाउन चाहन्छु ।
भक्तपुर नगरपालिकाले यस सम्पदा र सांस्कृतिक नगरका जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आइरहेको यहांहरुलाई बिदितै छ । ३० वर्ष अघिको भक्तपुरका जनताको स्वास्थ्यको अवस्था अति दयनीय थियो भन्ने हामीले सुन्दै आएका हौं र हाम्रा अग्रजहरुले भोग्दै पनि आउनु भएका थियो ।     नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्षलगायतका अग्रजहरुबाट खस्कंदो स्वास्थ्य, विशेष गरी त्यतिखेर झाडा बान्ता लाग्नुका कारण सरसफाईको कमी भएकोले वहांहरुले नगरभरि सरसफाईको अभियान चलाउनु भएको थियो । यो संगसंगै जनतालाई स्वास्थ्यबारे सचेत गराउने एकमात्र अभियानको रुपमा शिक्षालाई पनि अभियानकै रुपमा अगाडि बढाउनु भएको थियो । यसै सिलसिलामा भनपा आफैले २०५६ सालदेखि नगरवासीहरुलाई उच्च शिक्षा हासिल गराउन ख्वप उच्च मा.वि. बाट शुरु गरेको र हालसम्म २ वटा इन्जिनियरिड्ड कलेजहरु, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप कलेज, शारदा क्याम्पस मावि, शारदा क्याम्पसलगायत ७ वटा शिक्षण संस्थाहरु संचालन गरी देशकै लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गराइरहेको यहांहरुमा विदितै छ । यसरी उत्पादन भएका जनशक्तिको सिप र दक्षतालाई पनि आफ्नै देश÷आफ्नै ठाउंमा सक्दो प्रयोग भइरहेको पनि यहां राख्न चाहन्छु । त्यसै कारणले पनि हामीले यो र अन्य स्वास्थ्य संस्थाहरु संचालन गर्न समक्ष भएका छौं ।
हामीले देश विकासका लागि आवश्यक क्षेत्रमा क्षमता विकास गर्न लागिपरेका छौं । लागिरहने छौं । जति जति हामी निराकरणको लागि अघि बढ्छौं, चुनौति पनि संगै आउंदो रहेछ । शायद यसरी चुनौतिसंग जुद्दै समस्याहरुको हल गदै जानु नै  विकासको सूचक हो कि ?
आज हामीले यस केन्द्र भक्तपुरकै संचालन गर्नुको उद्देश्य पनि यहांको विशेष भौगोलिक अवस्थाको कारण र यहांका जनताले भोग्नु परेका यो श्वास प्रश्वास रोगले गर्दा नै हो । विश्वमा श्वास प्रश्वास रोगको तथ्यांकले १० प्रतिशत मानिस पीडित भएको देखाएको छ भने नेपालमा १२ प्रतिशत रहेको त्यसमध्ये भक्तपुर जिल्लामा १९ प्रतिशत रहेको देखाएको छ । यो अत्यन्तै भयावह अवस्था रहेको श्वास प्रश्वास सम्बन्धी विज्ञहरुको राय रहेको छ । भक्तपुरको भौगोलिक अवस्था÷पश्चिमी वायुको कारण र राजमार्गमा चल्ने सवारी साधनका प्रदूषणको कारणले पनि यहांको यो अवस्था रहेको वहांहरुको बुझाइरहेको छ । यसर्थ हामीले यस अवस्थालाई बढ्न नदिन यस श्वास प्रश्वास केन्द्रको अति आवश्यक रहेकोले भ.न.पा.ले व्क्ष्ःत्भ्ँ र क्इीक्ष्म् ल्भ्एब् िसंगको सहकार्यमा यो केन्द्रको आजैबाट आजका हाम्रा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष का. नारायणमान बिजुक्छेंज्यूबाट समुदघाटन गराउन पाल्नु हामी सबैको लागि गौरवको विषय हो । एउटा ऐतिहासिक दिन हुनेमा विश्वस्त छौं र श्वास प्रश्वासबाट पीडित सम्पूर्ण नेपालीहरुले सेवा पाउने छ ।
हामीले परिस्थिति र चुनौतिसंग जुद्दै गत वर्षदेखि विश्वलाई नै अक्रान्त बनाएको कोभिड–१९ ले भक्तपुरलाई पनि असर परेको हामी सबैले भोगेका हौं । यस परिस्थितिसंग पनि भनपाले स्वास्थ्यकर्मी÷कर्मचारी÷नगरवासीहरुको संगको सहकार्यले धेरै ठूलौ संकट भोग्नु परेन तापनि अझै पनि संसारका अन्य देशहरुमा यो संक्रमणको स्वरुप परिवर्तन भइरहेको हामीले थाहा पाएका छौं र अझै पनि हामीले स्वास्थ्य मापदण्ड पालना गरी दैनिकीलाई निरन्तरता दिनुपर्ने हुन्छ त्यसैले उपस्थित सम्पूर्णमा स्वास्थ्य मापदण्डमा रहेर आफू र आफ्नो समाजलाई स्वास्थ्य बनाउं भन्दै पुनः यस श्वास प्रश्वास केन्द्रको उदघाटन कार्यक्रममा स्वागत गर्दै बिदा हुन्छु । धन्यवाद ।...

All Comments.......


Please Login/Register To Comments