भोलिदेखि क्वाटर फाइलनका खेलहरु सुरु हुने 


मंसिर २०, २०८२, शनिबार | राति ०८:१२ बजे | 50


भोलिदेखि क्वाटर फाइलनका खेलहरु सुरु हुने 

भक्तपुर । विहीबारदेखि भक्तपुरमा सुरु भएको नवौं एभरेस्ट उपत्यकाव्यापी बास्केटबल प्रतियोगिता भोलिदेखि क्वाटर फाइनलका खेलहरु सुरु हुने भएको छ । एभरेस्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा भएको प्रतियोगिता मंसिर २४ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
प्रतियोगिता सिनियर व्याइज, जुनियर व्याइज, सिनियर गल्र्स र जुनियर गल्र्स गरी चार विधामा छन् । प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न २७ वटा स्कुलहरुबाट ४४ वटा टिमहरु गरी कुल ५२८ जना विद्यार्थी सहभागी भइरहेका छन् । 
फ्रेण्डसिप फस्ट, कम्युटिशन सेकेण्ड (मित्रता पहिलो, प्रतिस्पर्धा दोश्रो) भन्ने मुल ध्येयका साथ प्रतियोगिता भएको हो । प्रतियोगिताको उदघाटन स्कुल रहेको भक्तपुर नगरपालिका वडा नं २ व्यासीका वडा अध्यक्ष हरिप्रसाद बासुकलाले एक समारोहवीच गरे । प्रतियोगिताका मुल प्रशिक्षकलाई प्रमुख अतिथिबाट बास्केटबल हस्तान्तरण गरी प्रतियोगिताको उदघाटन गरिएको थियो । 
 

Comments