सके जितिन्छ नसके सिकिन्छ नारासाथ एभरेस्ट उपत्यकाव्यापी बास्केटबल सुरु

मंसिर १८, २०८२, बिहीबार | राति ०७:१४ बजे | 550

सके जितिन्छ नसके सिकिन्छ नारासाथ एभरेस्ट उपत्यकाव्यापी बास्केटबल सुरु

भक्तपुर । सके जितिन्छ, नभए सिकिन्छ भन्ने उदघोषका साथ विहीबारदेखि भक्तपुरमा नवौं एभरेस्ट उपत्यकाव्यापी बास्केटबल प्रतियोगिता सुरु भएको छ । एभरेस्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा भएको हो । प्रतियोगिता मंसिर २४ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
प्रतियोगिताको पहिलो दिन कुल १८ वटा खेलहरु भए । प्रतियोगिता सिनियर व्याइज, जुनियर व्याइज, सिनियर गल्र्स र जुनियर गल्र्स गरी चार विधामा छन् । प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न २७ वटा स्कुलहरुबाट ४४ वटा टिमहरु गरी कुल ५२८ जना विद्यार्थी सहभागी हुनेछन् । 
फ्रेण्डसिप फस्ट, कम्युटिशन सेकेण्ड (मित्रता पहिलो, प्रतिस्पर्धा दोश्रो) भन्ने मुल ध्येयका साथ प्रतियोगिता भएको हो । प्रतियोगिताको उदघाटन स्कुल रहेको भक्तपुर नगरपालिका वडा नं २ व्यासीका वडा अध्यक्ष हरिप्रसाद बासुकलाले एक समारोहवीच गरे । प्रतियोगिताका मुल प्रशिक्षकलाई प्रमुख अतिथिबाट बास्केटबल हस्तान्तरण गरी प्रतियोगिताको उदघाटन गरिएको थियो । 
प्रतियोगिताको उदघाटन समारोहमा आयोजक स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले मित्रता पहिलो, प्रतिस्पर्धा दोश्रो भन्ने मुल नाराका साथ २०७२ सालदेखि प्रत्येक वर्ष प्रतियोगिता गर्दै आएको जानकारी गराए । तर कोरोनाका कारण दुई वर्ष ग्याप भएको उनले जनाए । 
स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले खेलकुद क्षेत्रलाई अगाडि वढाउन केही सहयोग होस् भन्ने उद्देश्यका साथ प्रतियोगिता गर्दै आएको जानकारी गराए । 
 
फाेटाेमा हेर्नुहाेस्...

सके जितिन्छ नसके सिकिन्छ नारासाथ एभरेस्ट उपत्यकाव्यापी बास्केटबल सुरु
सके जितिन्छ नसके सिकिन्छ नारासाथ एभरेस्ट उपत्यकाव्यापी बास्केटबल सुरु
सके जितिन्छ नसके सिकिन्छ नारासाथ एभरेस्ट उपत्यकाव्यापी बास्केटबल सुरु

Comments

ताजा खबर