ठिमीबाट पाँचजना स्क्रयाबल खेलाडिहरु राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपका लागि हेटौडा प्रस्थान
मंसिर १८, २०८२, बिहीबार | साँझ ०५:५३ बजे | 115
मध्यपुर ठिमी ,भक्तपुर
शिक्षाका साथसाथै विद्यार्थीको चौतर्फी विकासमा टेवा पुर्याउने विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदै आएको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलका ५ जना विद्यार्थीहरु हेटौडामा आयोजना हुने राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा भाग लिनका लागि यही मङ्सिर १८ गते प्रस्थान गर्दैछन्। स्क्याबल क्लब अफ नेपालको आयोजनामा हेटौडाको बालजागृति स्कुलमा आयोजना हुन गइरहेको एघारौँ राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिप यही मङ्सिर १९ र २० गते हुन गइरहेको छ। उक्त प्रतियोगितामा ५७ जिल्लाका १०० जना स्क्रवल खेलाडीहरू सहभागी हुँदैछन्। भक्तपुर जिल्लाबाट जम्मा सातजना विद्यार्थीहरूमध्ये विनायक शिक्षा निकेतनका ५ जना विद्यार्थीहरु विद्यालयका सहायक प्रिन्सिपल तथा स्क्रवल क्लब अफ नेपाल भक्तपुर र काभ्रेका संयोजक प्रेमप्रसाद निरौलाको नेतृत्वमा उक्त राष्ट्रिय च्याम्पियनसिपमा भाग लिन गरइहेको कुरा कुरा विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले हामीलाई जानकारी गराउनुभयो। विद्यालय प्राङ्गणमा आयोजित विदाई समारोहमा प्रिन्सिपल प्रजापतिले राष्ट्रिय लेवलको प्रतियोगितामा विद्यालय, भक्तपुर जिल्ला तथा समस्त राष्ट्रको गरिमालाई उच्च राख्दै राष्ट्रिय च्याम्पियन बन्नका लागि अग्रिम बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। विनायक शिक्षा निकेतनबाट हरेक वर्ष भक्तपुर जिल्ला च्याम्पियनसिप बन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत आफ्नो उत्कृष्टता प्रदान गरेर विद्यार्थीहरु आएको कुरा समेत उहाँले जानकारी गराउनुभयो। विदाई कार्यक्रममा प्रिन्सिपल प्रजापतिले पढाइका साथसाथै विद्यार्थीहरूको सर्वाङ्गीण विकास हुने कुरामा विद्यालयले कुनै कसर नराखिकन लगानी गरेको र त्यसको प्रतिफल स्वरूप अन्तर्राष्ट्रिय स्तरमा समेत विद्यार्थीहरू अब्बल रहेको कुरा बताउँदै एघारौं राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा समेत विद्यार्थीहरूले विद्यालयको भक्तपुरको र समस्त देशको गरिमालाई उच्च राख्न सदैव लागिपर्ने कुरा बताउनुभयो। स्मरण रहोस् विनायक शिक्षा निकेतनबाट सहभागी विद्यार्थीहरूमध्ये तुलज प्रजापति गतवर्षको राष्ट्रिय च्याम्पियन बनी अन्तर्राष्ट्रिय च्याम्पियनसिप प्रतियोगितामा १२ वटा देशका खेलाडीहरूसँग प्रतिस्पर्धा गरी चौथो स्थान हासिल गर्न सफल भएका थिए।
