नेपाली झ्याउरे वेदभन्दा पुरानो
मंसिर १८, २०८२, बिहीबार | साँझ ०५:४१ बजे | 180
नेपाल प्रज्ञाप्रतिष्ठान र काव्य घर नेपालको संयुक्त आयोजनामा रेणुका भट्टराई ‘मञ्जरी’ द्वारा झ्याउरे छन्दमा लिखित महाकाव्य ‘जमुना’ र सम्पादित ‘नेपाली प्रतिनिधि झ्याउरे कविता’ को सार्वजनिकीकरण तथा झ्याउरे कविता वाचन कार्यक्रम सम्पन्न भयो । शब्दयात्रा प्रकाशनका तर्फबाट हरि मञ्जुश्री, डा. इन्दुल केसी र मुरहरि रायमाझी त्यस कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । त्यस कार्यक्रममा विशिष्ट अतिथिका रूपबाट शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले नेपाली लोकलय ‘झ्याउरे’ वैदिक कालभन्दा पुरानो हो र झ्याउरे लोकलयबाटै सबैभन्दा पुराना मानिएका गायत्री, त्रिष्टुप्, जगति, अनुष्टुप्, पङ्क्ति, वृहति र उष्णिक् नामक शास्त्रीय सात छन्द बनेका हुन् भन्दै वेद विश्वको सबैभन्दा पुरानो ग्रन्थ मानिएकाले त्यहाँ प्रयोग गरिएको झ्याउरे नामक नेपाली लोकलय विश्वका पुराना लोकलयमध्ये एक हो भन्न सकिने आधारहरू प्रस्तुत गर्नुभयो । कार्यक्रममा डा. इन्दुल केसीले पुस्तक उपहार दिनुभएको थियो भने मुरहरि रायमाझीले कविता वाचन गर्नुभएको थियो ।
